Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
समाज Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाज

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दूध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेको छ  ।   गाई र भैँसीको दूध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईबस्तु बाँझो हुने, दूध दही नदिने अन्धविश्वास अझै कायमै रहेको हो । छायाँनाथ रारा नगरपालिका-६ की मुनरुपा बोहराका अनुसार महिनावारी भएका  महिलालाई गाई, भैँसीको दूध दही दियो भने ती जनावर कहिल्यै नब्याउने भन्ने र फलफूलका  बिरुवालाई पनि छोए पछि सुक्ने फल नदिने भन्ने भ्रम रहेको छ । पुस्तौँ देखि प्रचलनमा रहेको यो अन्धविश्वास वर्तमान अवस्थामा पनि जीवितै छ…
Read More
सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई

सर्पहरूबाट पहिचान बनाउँदै सम्झना राई

मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरूको कमी छैन तर केही अपवाद पनि छन्।   सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। सङ्खुवासभाको खाँदवारिमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।   सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजिब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय र…
Read More
महायज्ञ स्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीबास, माटोसमेत फालियो

महायज्ञ स्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीबास, माटोसमेत फालियो

मुकेश कुमार यादव/ सिरहा, ७ चैत। सिरहामा करिब २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एक जना मालिक परिवारलाई जनप्रतिनिधिहरूले नै उठीबास गराएका छन्। पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाउँपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मालिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापति गरेका हुन्। विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दीपक मालिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ। त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन्। तर, उनको आस्थाका भगवान्ले उनलाई कहिल्यै रक्षा गर्न सकेन। उनका…
Read More
बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ

बुढानीलकण्ठमा काठमाडौँ परिसरको छापा, केही व्यक्ति पक्राउ

काठमाडौँ - काठमाडौँको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको हो। छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैँ आइतबार बेलुका बुढानीलकण्ठ पुगेका थिए। अधिकारीका अनुसार शङ्कास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। यस क्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए। ‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शङ्कास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैँ पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’ अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर गएका थिए। अधिकारीले…
Read More
तेस्रो लिङ्गीको मृत्यु हुँदा किन रातमा मात्रै शव गाड्छन् र शवमा जुत्ताले हान्छन् ? 

तेस्रो लिङ्गीको मृत्यु हुँदा किन रातमा मात्रै शव गाड्छन् र शवमा जुत्ताले हान्छन् ? 

काठमाडौँ, २३ पुस । तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा यिनीहरूलाई तेस्रो लिङ्गी भनिन्छ।   हाम्रा हरेक खुसीमा सहभागी हुन यिनीहरू आउँछन्। हाम्रो लागि प्रार्थना गर्छन् । हिन्दु धर्ममा  तेस्रो लिङ्गीहरूको प्रार्थनामा ठुलो शक्ति हुन्छ भन्ने विश्वास गरिन्छ।   तर यी  तेस्रो लिङ्गीहरूको जीवनको बारेमा धेरै कम जानकारी उपलब्ध होला । त्यसैले आज हामी तपाईँलाई उनको अन्त्येष्टिसँग जोडिएको चकित पार्ने परम्पराको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । के तपाईँले कहिल्यै सोच्नुभएको छ…
Read More
 भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

 भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

काठमाडौँ - मङ्गलवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परी सयौँ घाइते भएका छन्। दर्जनौँ घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।
Read More
बिहारमा २.५० करोडको भैँसी बिक्रीमा, जो बियर खान नपाएर भइरहेछ सुस्त

बिहारमा २.५० करोडको भैँसी बिक्रीमा, जो बियर खान नपाएर भइरहेछ सुस्त

पटना, ३ मङ्सिर । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ ।   एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैँसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ । तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैँसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ । बिहारको सोनपुर मेलामा ल्याइएको भैँसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैँसीको विशेष कुरा…
Read More
कस्तो छ जनै पूर्णिमाको  शास्त्रीय मान्यता ?

कस्तो छ जनै पूर्णिमाको  शास्त्रीय मान्यता ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने…
Read More
जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु

जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोसी प्रदेशमा १८ जना, मधेस प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो ।  साथै काठमाडौँ उपत्यकामा ३ जना, कोसी प्रदेशमा २१ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५…
Read More
सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव

सामाजिक सम्बन्ध जोड्न छिमेकीसँगको संवाद बढाउन सुझाव

काठमाडौँ । सहरमा बस्ने व्यक्ति व्यक्तिका बिचमा टुक्रिँदै गएको सम्बन्ध जोड्न छिमेकीसँगको संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव प्राप्त भएको छ । वडा नं. १५ ले आयोजना गरेको ‘मनोसामाजिक परामर्श’ कार्यक्रमका प्रस्तुतिकर्ता बाट यो सुझाव प्राप्त भएको हो ।  सहरमा बस्ने मानिसहरू असाध्यै व्यस्त भए । आपसमा कुराकानी गर्ने समय पाउँदैनन् । छिमेकीसँगको कुरा त परको कुरा । वडाध्यक्ष ईश्वरमान डङ्गोल भन्छन्, ‘भेट भएर आत्मीय हुने वातावरण बनाउनु सामाजिक व्यवस्थापनका कोणबाट एक तहको सफलता हो ।’ मानिसको जीवनमा रस आवश्यक पर्ने भए पनि तनाव व्यवस्थापन गर्न नसकेर व्यक्तिहरू निरस जीवन बिताइरहेको बताउँदै उनले, यसबाट व्यक्तिको स्वास्थ्य, परिवारसँगै समाजको अवस्था जीर्ण…
Read More