health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

भैरहवा, १२ चैत । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिनादेखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रूपमा एसपी रञ्जित सिंह राठौरले कार्यभार सम्हालेदेखि नै तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरू पनि धमाधम पक्राउ पर्दै गएका छन् ।
एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोसाकका प्रहरीहरू परिचालन गरी दैनिक रूपमा अवैध सामान ओसारपसार गर्ने र फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिँदै आएका छन् ।
प्रहरीलाई आएको सूचना र नियमित चेकजाँचका आधारमा पछिल्लो एक महिनादेखि तस्कर र अवैध सामान बरामद भएको दिन नै छैन । आइतबार रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी पिपरहियाबट एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण भने प्रहरीलाई नै अनुचित प्रभावमा पार्नु रहेको छ । निगरानी र चेकजाँचमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाएका भारतको जिल्ला महाराजगन्ज थाना सुनौली फरेना बस्ने ४५ वर्षीय सोनु मुसलमान रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।
उनले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारबाहीमा समेत अवरोध सिर्जना गरेकोले पक्राउ गरिएको हो । आइतबार बिहान करिब ११ बजे गल्लामण्डीमा भारतबाट लुकाई छिपाई ब्रोइलर कुखुराहरू नेपालतर्फ ल्याइरहेको भन्ने गोप्य सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।
उक्त प्रहरी टोलीले रोकेर सोधपुछ गर्न खोज्दा टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारबाहीमा समेत सिर्जना गरेको हुँदा सोनुलाई तत्काल पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको डिएसपी भट्टले बताए ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अभद्र व्यवहार मुद्दामा म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।