health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् ।
५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ साल अघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रूपमा रहेको र २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनः निर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनः निर्माण ढिलो गरी अगाडी बढेको छ ।
२०७४ को निर्वाचनपश्चात् भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरू पुनः निर्माण गरेकोमा थन्थु दरबार पुनः निर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थन्थु दरबार पुनः निर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।
थन्थु दरबार भत्काउन रु. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रु. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको र दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्त्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको थियो ।
यो दरबार पुनः निर्माणमा १२ करोड ८५ लाख ३४ हजार ल.इ. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको छ । त्यस्तै रु. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।