28
Jan
काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन् । नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउँदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको समेत ओलीले बताए । त्यसैका लागि एमाले र काँग्रेसको सरकार बनेको उनको दाबी छ । सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसद्मा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारेका छन् ।…