health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा सङ्गठित अपराध सम्बन्धी पूरक मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
त्यति बेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पूरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने र जोशीसहित १७ जनालाई सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा कारबाही गर्न माग गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते प्रतिवादीहरूबारे रायसहितको प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अध्ययनपछि अभियोग पत्र तयार गरी अदालतमा पेस गरिएको हो।
अभियोग पत्रमा लामिछानेको व्यक्तिगत दायित्वमा दुई करोड र सामूहिक दायित्वमा थप दुई करोड गरी चार करोडभन्दा बढी बिगो माग गरिएको छ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
सहकारी ठगी अभियोगमा लामिछाने ६५ लाख धरौटी बुझाएर र जोशी ८८ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका थिए। रुपन्देहीमा पूरक अभियोग दर्ता भएसँगै थुनछेक बहस हुनेछ। यसका साथै, चितवन र पर्साका अन्य सहकारी प्रकरणमा पनि उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।
लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँले ६० लाख धरौटीमा रिहा गरेको थियो।