health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
महोत्तरी, २४ पुस । सामाजिक रूपान्तरण र समृद्धिको लागि कम्युनिस्ट पार्टीहरू एक ठाउँमा हुनुपर्नेमा प्रगतिशील लेखक सङ्घले जोड दिएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष मधुसूदन गिरिले २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताउँदै प्रगतिशील लेखकहरूको त्यसैमा जोड रहेको बताए ।
लेखक सङ्घ महोत्तरीको चौथो जिल्ला अधिवेशनमा सहभागी हुन आइपुगेका अध्यक्ष गिरिले कम्युनिस्ट पार्टीहरू वर्ग शत्रु जस्तो देखिए तापनि प्रगतिशील लेखक सङ्घ वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो भएको जिकिर गरेका छन् ।
वाम विचार वोक्नेहरु एकै ठाउँमा हुनुपर्छ भन्ने लेखक सङ्घ आफै महत्त्वपूर्ण एजेन्डा बनेर उभिएको बत्ताउँदै नेकपा एमाले मधेस प्रदेश स्कुल विभाग प्रमुख शङ्कर महतोले पनि प्रगतिशील लेखकहरूको त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।
महोत्तरीको बर्दिबासमा भएको अधिवेशनले रामचन्द्र पौडेलको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ ।
निर्वाचित हुनेहरूमा उपाध्यक्षमा निरोज अधिकारी, समावेशी उपाध्यक्षमा सानुमाया पुलामी, विमला विश्वकर्मा, सचिवमा नारद प्रसाद काफ्ले, स-सचिवमा विशाल बस्नेत, कोषाध्यक्षमा जीवनराज दाहाल र सदस्यहरूमा सुशील यादव, रञ्जन भण्डारी, पवन वाग्ले, यशोदा श्रेष्ठ, श्याम यादव, प्रतिमा पौडेल निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिहरूलाई बधाई र शुभकामना दिँदै प्रगतिशील सोच र व्यवहारलाई थप विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अतिथिहरूले विश्वास व्यक्त गरे ।
अधिवेशनको खुल्ला सत्रमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य जीवन स्पर्शी, होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुन्ज कार्की, उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खड्का लगायतले मन्तव्य राखेका थिए ।