Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 5 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा: प्रचण्ड

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा: प्रचण्ड

काठमाडौँ, २३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् ।   पार्टीको तीन दिनसम्म चलेको  बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताएका हुन्।   बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए।   बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशे ढुङ्गा बन्ने र  क्रम भङ्ग गरेको उनले जनाए । अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको…
Read More
पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति

पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति

काठमाडौँ, २३ पुस । पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थाले पछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रश्न उठाएका छन् ।   नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराइले संविधानको मूल मर्म विपरीत पूर्व राष्ट्रपति र उप राष्ट्रपति राजनीतिमा आउनु सुखद सन्देश नभएको बताएका हुन् ।   ‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन, यो हामीले सङ्घर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक  प्रणाली र संविधानको मूल अन्तर्वस्तुको रक्षा र विकासको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै वहाँहरू दुवै ‘कम्युनिस्ट’ पृष्ठभूमिबाट आउनु भएकाले  वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू…
Read More
पूर्वराष्ट्रपति भेट्न बुढानीलकण्ठ पुगे ओली

पूर्वराष्ट्रपति भेट्न बुढानीलकण्ठ पुगे ओली

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ गएका थिए ।   करिब दुई  घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read More
अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

  काठमाडौँ, १७ पुस । अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि विभिन्न चरणमा वार्ता गरिरहेका गौतमले आज नेकपा एसका शीर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन् । ‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने । उनले कार्यकारी राष्ट्रपति, अभिव्यक्ति स्वतन्त्रता र केन्द्रीय समितिका सदस्यहरू पूर्णकालीन हुनु पर्ने लगायतका सर्त राखेर वार्तामा बसेका थिए । यद्यपि, उनका सर्त पुरा भए वा भएनन् सो भने खुलाइएको छैन । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।  
Read More
भीम रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

भीम रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

  काठमाडौँ - पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्कासनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी भएको बताएका छन्। रावलले पार्टीको आन्तरिक प्रक्रियाबारे प्रश्न उठाउँदै, कुनै पनि सदस्यलाई कारबाही अघि संवाद र छलफल गर्नुपर्ने राजनीतिक परिपाटीको उल्लङ्घन भएको बताएका छन्। साथै, उनले विगतका घटनालाई आधार बनाएर सोधिएको स्पष्टीकरणलाई हास्यास्पद रहेको बताएका छन्। ‘पाँच दशक पार्टीको सेवा र जिम्मेवारी सम्हालेको व्यक्तिसँग छलफल नगरी गरिएको स्पष्टीकरणपूर्वक कारबाही प्रतिशोध र पूर्वाग्रहको उपज हो। तीन वर्षअघिका कुरा निकालेर गरिएको स्पष्टीकरण हास्यास्पद मात्र होइन, नियत…
Read More
आजदेखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु

आजदेखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु

काठमाडौँ । आज १७ पुस २०८१, बुधवार पुस शुक्ल द्वितीया तिथि। आजबाट इस्वी संवत् २०२५ सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको हो। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। सोही अवसरमा आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ। नेपालमा पनि मध्य राति नयाँ वर्षलाई स्वागत गरिएको छ। काठमाडौँको ठमेल, बौद्धलगायत स्थानमा विशेष चहलपहल देखिएको छ।
Read More
आज मधेस केन्द्रित नेताहरू एकै ठाउँमा उभिँदै

आज मधेस केन्द्रित नेताहरू एकै ठाउँमा उभिँदै

काठमाडौँ, १६ पुस । तराई–मधेस क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबिच एकताका लागि आज बिचार मन्थन हुदैँछ ।   मधेसी एकता समाजले आज  ‘मधेसी शक्तियौंमें सहकार्य: आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर विभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाई एकै ठाउँमा भेला गर्दै छ ।   मङ्गलवार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू विभिन्न पार्टीका नेताहरूले धारणा राख्दैछन ।   जसअनुसार सो संवाद कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सिके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रञ्जन, अमरेश कुमार सिंह, तुलानारायण साह, दीपेन्द्र चौबेले धारणा राख्नेछन् । सो कार्यक्रम अनामनगरस्थित तमु बौद्ध सेवा…
Read More
विदेशमा उपचार गर्न जान मानेनन् मोहन वैद्यले

विदेशमा उपचार गर्न जान मानेनन् मोहन वैद्यले

काठमाडौँ, १६ पुस । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले विदेशमा उपचार गर्न अस्वीकार गरेका छन् ।   विगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत वैद्यले विदेशमा उपचार गर्न अस्वीकार गरेको उनको उपचारमा सहयोगी भूमिका खेलिरहेका नेता हरिभक्त कँडेलले बताए ।   हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्वीकार गरेको उनको भनाइ छ ।  ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुदोँरहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्‍यो भनेर उहाँले कुरा गरे पछि यहीँ उपचार गरिरहेका छौँ,’ उनले सञ्चारकर्मीसँग भने ।   दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई हप्ता बढी समय…
Read More
मधेस केन्द्रित दलहरूबिच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता

मधेस केन्द्रित दलहरूबिच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता

काठमाडौँ - तराई-मधेस केन्द्रित राजनीतिक दलहरूबिच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेको छ। सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्व मन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राज किशोर यादवसँग संवाद गरेको हो। संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेन्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवम् पूर्व मन्त्री मिश्रले जानकारी दिएका छन्। जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए। उनका अनुसार जसपा नेपाल पनि मधेसी दलहरूबिच सहकार्यका लागि तयार रहेको छ। जसपा नेपालसँगको वार्ता…
Read More
शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’

शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’

झापा, १५ पुस । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाई जोडेकोमा आपत्ति जनाएका छन् । विगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन् ।   झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन प्रचण्डले आपत्ति जनाउँदै भने,  ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्र स्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै…
Read More