Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी


विराटनगर – वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौँ ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्।

यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्।

पक्राउ परेकालाई प्रहरीले मङ्गलवार सार्वजनिक गरेको छ।

मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेका पाँच जनाले विराटनगर महानगरपालिका-११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई ठगेको पाइएको छ।

क्यानडा पठाइदिने भन्दै उनीहरूले सुरूमा ह्वाट्स एपको माध्यमद्वारा चौधरी बाबु-छोरासँग जोडिएका थिए। त्यसपछि उनीहरूले ६६ लाख ६७ हजार रुपैयाँ बैङ्क खातामा जम्मा गर्न लगाए।

‘रकम जम्मा गरेपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडित प्रहरीमा उजुरी दिन आएका थिए,’ चिमरियाले भने।

पक्राउ परेकामध्ये जोगबनीका केशव यादवले अन्य मानिसहरूलाई समेत पैसाको प्रलोभन देखाएर ई सेवा, खल्तीजस्ता डिजिटल वालेट खोल्न लगाएर ठगी गरेको पाइएको छ।

‘उनले डिजिटल वालेट खोल्न लगाएर त्यसको युजर नेम र पासवर्ड लिई कारोबार गरेको देखिएको छ,’ चिमरियाले भने।

पक्राउ परेकाहरूविरूद्ध मोरङ जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

चिमरियाका अनुसार युरोप, अमेरिका, कुवेत, दुबईलगायत देश पठाउने भन्दै ह्वाट्स एपबाट जोडिँदै ठगी गर्ने समूह सक्रिय छ। त्यस्तै प्रकृतिको अपराध चौधरी बाबु-छोरामाथि भएको अनुसन्धानले देखाएको छ।

‘सामाजिक सञ्जालहरूबाट जोडिँदै विभिन्न बहानामा रकम ठगी गर्ने समूह सक्रिय रहेकाले यसप्रति सचेत रहन हामी अनुरोध गर्छौँ,’ उनले भने, ‘अहिले पक्राउ परेकाले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको गुनासो रहेकाले कोही ठगिएको भए प्रहरीमा आउन अपिल गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...