17
Dec
मोरङ । बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला, भर्चुअल कवि गोष्ठीको रूपमा मङ्सिर २९ गते सम्पन्न भयो । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । शृङ्खलाका प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार,पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नुपर्ने बताउनुभयो । नारा लेखेर मात्र कवि हुन सकिँदैन, कवि हुन कवितामा कला र विचारको सुललित हुनुपर्छ भन्ने धारणा राख्नुभएको थियो । यस शृङ्खलाका अतिथि कविहरूमा मुक्ति पोखरेल ,दुर्गाप्रसाद सिग्देल ,शकुन्तला मञ्जरी,शारदा कार्की,बिनु बाबा कार्की ,टीका मिलन घिमिरे ,निर्मला बराल,विष्णु भण्डारी आचार्य ,गङ्गा पौडेल ,रश्मि…