19
Dec
बेइजिङ, ३ पुस । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.२ मापन गरिएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC)का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १०० नाघेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि धेरै भवनहरू ध्वस्त भएको बताइएको छ । भवनहरू ध्वस्त भएका कारण धेरै मानिसहरू भग्नावशेषमा पुरिएका छन् । योसँगै छिङहाई प्रान्तको मिन्हे काउन्टी…