16
Dec
नयाँ दिल्ली, ३० मङ्सिर । उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधिशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् । यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ । सामाजिक सञ्जालमा पनि सनसनी फैलिएको छ र पीडित अर्पिता साहुको नाम सामाजिक सञ्जालमा चर्चामा छ । उनले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति माग्दै पत्र लेखेकी हुन् । महिला न्यायाधीशले सर्वोच्च अदालतमा लेखेको पत्रमा आफूले भोगेको शोषणको उल्लेख गरेकी छन् । उनले आफूमाथि अन्याय भएको बताएकी छिन तर यस विषयमा प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन । बन्दाको बबेरु तहसिलमा सिभिल न्यायाधीश पदमा कार्यरत अर्पिता साहुले एक चिठ्ठी…