26
Dec
इन्दीप कोइराला बारा, १० पुस । सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी चौधरीको तर्फबाट नागेन्द्र राउतले बहस गरेका थिए । बारा जिल्ला अदालतले प्रतिवादी उपरको किटानी जाहेरी, घटनास्थलको मुचुल्का, घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्र, मौकामा बुझिएका मानिसहरूको भनाइलाई प्रमाणको रूपमा लिएर…
26
Dec
नाइजेरिया, १० पुस । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ । धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कको तुलनामा मृत्यु हुनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । बोकोसका स्थानीय सरकारका प्रमुख कासाहले जानकारी दिँदै भनेका छन् कि ‘शनिवारको युद्ध सोमबार बिहानसम्म जारी रहँदा कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ।’ कासाहका अनुसार उक्त सैन्य गिरोहलाई स्थानीय रूपमा ‘डाकूँ’ भनेर चिनिन्छ। ‘तिनीहरूले कम्तीमा २० विभिन्न समुदायहरूमाथि आक्रमण गरे र घरहरूमा आगो लगाए,’ उनले भने, ‘हामीले ३०० भन्दा बढी घाइते व्यक्तिहरू…
26
Dec
काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन । यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्ततः समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्रीका नियुक्ति भएका एक वर्ष पुरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा विशेष सम्बोधन गर्न लागेका हुन् ।
26
Dec
काठमाडौँ, १० पुस । मान्छे सय वर्ष बाँच्यो भने ठुलो कुरा हो । गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ वर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ किन १०० वर्ष मात्र मान्छे बाँच्छ र किन २ सय वर्ष बाँच्न सक्दैन त ? हालै एउटा नयाँ अनुसन्धानले यसको सबन्ध डायनोसर सँग देखाइएको छ । बर्मिङ्घम विश्वविद्यालयका प्रोफेसर जो आओ पेड्रो डे म्यागाल्हेसले आफ्नो सिद्धान्तमा यो डायनासोर सँग सम्बन्धित हुनसक्ने बताएका छन् । यस सम्बन्धी जानकारी बायो– एस्से जर्नलमा प्रकाशित भएको छ ।…
25
Dec
काठमाडौँ, ९ पुस । धनगढी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । यस सिजनको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुट आउटमा पोखरा ठण्डर्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि यस खेलमा अतिरिक्त ३० मिनेटमा थप १-१ गोल भएपछि २-२ गोलको बराबरीमा खेल सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो । पोखरा ठण्डर्सले अतिरिक्त समयको पहिलो हाफको १०औँ मिनेटमा स्टेफेन कोजोको गोलमा अग्रता लिए पनि खेलको १२०औँ मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल २-२ को बराबरी गरेका…
25
Dec
काठमाडौँ, ९ पुस । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षसहितका नेताहरू सहभागी छन्। छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्। यस्तै बैठकमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ तथा काँग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल भइरहेको छ।
25
Dec
भैरहवा, ९ पुस । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघु वित्तीय संस्थाहरू द्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, गरिब किसानहरूलाई नि शुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर अगाडि सभा गरेका छन् । भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको लुम्बिनी प्रदेश सम्मेलन तथा विरोध प्रदर्शन राष्ट्र बैङ्क गाडी कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन…
25
Dec
मुकेशकुमार यादव सिराहा, ८ पुस । सिराहाको मिर्चैया नगरपालिका–११ सोनी स्थित सदाय (मुसहर)बस्ती उठाउने षडयन्त्र भइरहेको स्थानीयले बताएका छन् । आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएको गुनासो आएको छ । मुसहर बस्ती गाउँको बिचमा परेपछि तत्कालीन जमिनदारसमेत रहेका सुवेलाल अरगरियाले गाउँदेखि उत्तरको आफ्नो जमिनमा मुसरबस्ती सारेको वडा सदस्यसमेत रहेका स्थानीय ७५ वर्षीय झगडु माझीले जानकारी दिए। साटफेर गरेको भए पनि जमिनदारको अगाडि कोही बोल्न नसक्दा उनीहरूको नाममा जमिन आउन नसकेको वडा सदस्य माझीले बताए । उनले त्यस बेल जमिनदारसँग कुरा गर्ने आँट कसैको हुँदैन थियो, त्यसैले पनि यो जमिन…
25
Dec
गाजा, ९ पुस । हमास– इजरायल बिचको जारी युद्धमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन । अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ ।सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन् । साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा २०, ४२४ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ जुन युद्धमा परी हालसम्म ५४,०३६ व्यक्ति घाइते भएका छन्। उक्त सङ्ख्यामा पछिल्लो २४ घण्टामा १६६ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ ।