29
Dec
काठमाडौँ, १३ पुस । नेपाल पुलिस क्लब वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वण्डर्स क्लब नोयडामाथि ४ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो । नेपाल पुलिसले दिएको ११३ रनको लक्ष्य पछाएको नोयडा २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा रोकिएपछि पुलिस ४ रनले विजयी भएको थियो । नोयडामाथि रोमाञ्चक जित निकाल्ने क्रममा पुलिसका बलर सगर ढकालले ३, रसिद खानले २ तथा ललित राजवंशी र शेर मल्लले एक एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै…