09
Jan
मुकेश कुमार यादव/न्युज कारखाना सिराहा, २४ पुस । सिराहामा लगातार चिसो बढ्न थालेपछि पालिकाहरूले सामुदायिक विद्यालयहरू धमाधम बन्द गर्न थालेका छान्। शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको गर्ने सूचना जारी गर्न थालेका हुन्। सिराहाको गोलबजार नगरपालिकाले आज मङ्गलवार सूचना जारी गर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचना जारी गरेको शिक्षा शाखा अधिकृत सुबोध कुमार लामा जनाएको छ। शिक्षा शाखा अधिकृत लामाले माघ २ गते मात्र विद्यालय खुल्ने जनाएको छ। चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँ पालिकाले पनि आजबाट लागू हुने…