10
Jan
काठमाडौँ, २५ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मङ्गलवार साँझ पक्राउ गर्यो। बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई ब्युरोले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ। तिनीहरूमध्ये एक हुन् २९ बर्सिया चुन्मो भनिने चिनीमाया तामाङ। नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्। ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन। यस्तै, सिन्धुपाल्चोक बाडे गाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चालन वाइबा। हेटौँडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४…