05
Apr
वाशिष्ठ विपश्यना गर्न के गर्नु पर्छ ? सबैभन्दा पहिला आचारसंहिता पालना गर्नुपर्छ । जसलाई पञ्चशील पनि भनिन्छ । १.म जीव हत्या(हिंसा)गर्ने छैन, २. चोरी गर्ने छैन, ३.म दुराचार गर्ने छैन, ४.म झुटो बोल्ने छैन र ५. म नशालु पदार्थ सेवन गर्ने छैन भनेर आफ्नो कुलत छ भने पनि यी पाँच प्रतिज्ञा पालन गरेको हुनु पर्छ । यही सिलसिलामा मलाई अहिले सम्म पनि याद छ । मेरो पहिलो शिविरको बेला क्षेत्रीय आचार्य रुपज्योतिले १३ वर्ष अघि ओरेन्टेसनमा भनेको कुरा, जीव हत्यामा मच्छर पनि नमार्नु र दुराचारमा महिलाको शरीरतिर कर्के नजरले पनि नहेर्नु ।अहिले सम्म त्यो शब्द बिर्सेको छैन । यो वाणी…