Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
नेताहरू पदको पछि लागेर देश बन्दैन्: पूर्व प्रधानमन्त्री नेपाल - Gyaan Ghar

Gyaan Ghar

Advertisement

नेताहरू पदको पछि लागेर देश बन्दैन्: पूर्व प्रधानमन्त्री नेपाल


  • सञ्जय मिश्रा
     काठमाडौँ २२ चैत।
    नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेताहरू पदको पछाडि लागेर देश नबन्ने टिप्पणी गरेका छन्। बिहीबार सङ्घीय राजधानी काठमाडौँ स्थित रौतहट टाईंम्स साप्ताहिकको २६औँ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा नेता नेपालले उक्त कुरा बताएका हुन्।
    पछिल्लो समय देशमा पदकै लागी हानथाप हुन थालेको कारण देशको विकासमा बाधा पुगेको नेता नेपालले जिकिर गरेका थिए।
    पूर्व प्रधानमन्त्री नेता नेपाल आफ्नो गृह जिल्ला रौतहटको चर्चा गर्दै सदरमुकाम गौर नगरपालिकामा मेयर शम्भु साहले गरिरहेको विकास निर्माणको काम जिल्लाकै लागी उदाहरणीय रहेको चर्चा गरेका थिए। उनले देशमा लागूपदार्थ दुर्व्यसनीको सङ्ख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउँदै सरकार मूकदर्शक भएको आरोप लगाएका थिए । नेता नेपालले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागूपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिका माथि प्रश्न उठाएका थिए।
     युवाहरू लागु पदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको छ तर अपराधीहरू कारबाहीको दायरामा आउन सकेका छैनन्। राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरू रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।
     बिहीबार मैले एउटा पत्रिकामा पढेँ, लागु पदार्थको दुर्व्यसन रौतहट र कैलाली जिल्लामा बढ्दो छ सरकार के गरेर बसेको छ, प्रहरी र प्रशासन के गरेर बसेको छ  युवा लागु पदार्थको दुर्व्यसनमा फस्छन् र अपराधी कारबाहीमा पर्दैनन् भन्दै गुनासो गरेका थिए।
    नेताहरू ईमान्दार तथा निष्ठावान् भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरू कुनै राम्रो काम सिक्न नसक्ने उनले दाबी गरेका थिए।
    कार्यक्रममा पूर्व मन्त्री तथा समाजवादी नेता डाक्टर वंशीधर मिश्रले नेपालका नेताहरू बङ्गलादेश सँग सिक्नुपर्ने बताएका थिए। उनले बङ्गलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै नेपालीहरू आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य रहेको पूर्व मन्त्री मिश्रले बताएका थिए।
    आआफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाऔँ भने प्रतिबद्धता सहित रौतहट टाईंम्स साप्ताहिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा सङ्घीय सांसदको शिक्षा सूचना तथा प्रविधि समितिको सभापति अमर बहादुर थापा, प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साह,
    लगायतले वर्तमान समयमा छापा मिडिया अर्थात् पत्रीका प्रकाशन चुनौतीपूर्ण काम रहेको चर्चा गर्दै पत्रीका नियमित प्रकाशन सँगै समाज सेवामा समेत सक्रिय रहेको भन्दै सम्पादक प्रकाशक गोविन्द चौलागाईको प्रशंसा गरेका थिए।
    रौतहटको चन्द्रपुर नगरपालिका घर भई चौलागाईं राजधानी काठमाडौँ बसेर २६ वर्षदेखि नियमित पत्रीका प्रकाशन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...