Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 64 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्दा दायर

लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्का लिने निर्माण कम्पनीबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबी छ । अख्तियारले भ्रष्ट्राचार निवारण ऐन अनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुन अनुसार हुने सजायसहित मुद्दा दायर गरेको जनाएको छ ।
Read More
महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता

काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो । युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँ स्थित तुलसी हेल्थ केयर अस्पतालमा बलात्कार गरेको…
Read More
नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

काठमाडौँ । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसिएसनको टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८  रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दीपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन…
Read More
सर्वोच्चको व्याख्या विपरीत गण्डकीमा नयाँ सरकार

सर्वोच्चको व्याख्या विपरीत गण्डकीमा नयाँ सरकार

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतबार आयोजित समारोहमा लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरालाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुहुँदै। तस्बिर : सुमित्रा अधिकारी / रासस काठमाडौँ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सिर्जना भएको छ । सभामुख समेत रहेका कृष्णप्रसाद धितालसमेतलाई गणना गरेर नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सरकार गठन गर्न गरेको दाबीलाई प्रदेश प्रमुख भट्टले स्वीकृत गर्दै मुख्यमन्त्री नियुक्त गरेपछि विवाद बढेको हो । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य बनेका धिताल गण्डकीमा सभामुख रहेका छन् । प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलमा सभामुख धितालसहित ८ जना सदस्य…
Read More
रिपोर्टिङमा गएका पत्रकार विष्टले जब आफ्नै बुवाको शव देखेपछि…

रिपोर्टिङमा गएका पत्रकार विष्टले जब आफ्नै बुवाको शव देखेपछि…

बैतडी, २३ चैत । बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रवार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगे लगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको खबर आयो । उनले उक्त खबरको बारेमा प्रहरीलाई सबै विवरण मागे । प्रहरीले ट्याक्टर दुर्घटनाको सबै विवरण दियो पनि । प्रहरीले दिएको सूचनामा ट्याक्टर चालक राजेश चौधरी र एक जना सनाखत हुन नसकेको व्यक्तिको मृत्युको खबर उनले आफै लेखे, त्यो खबर आफ्नो रेडियोमा पढे पनि । उक्त समाचार आफू कार्यरत स्टार बुलेटिन नामक अनलाइनमा प्रकाशित गरे । साथै आफू सम्वाददाता रहेका अनलाइन…
Read More
न्युयोर्कमा भुकम्पः राष्ट्र सङ्घीय सुरक्षा परिषद् बैठक रोकियो

न्युयोर्कमा भुकम्पः राष्ट्र सङ्घीय सुरक्षा परिषद् बैठक रोकियो

न्युयोर्क, २४ चैत । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।  अमेरिकाको न्यु जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रवार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क सहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका छन् । तर, अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार शुक्रवार न्यूयोर्क सहरमा ४.८ म्याग्निच्युडको सानो भूकम्प गएको थियो र यसको केन्द्रबिन्दु छिमेकी राज्य न्यु जर्सी थियो । ब्रुकलिनमा भवनहरू हल्लिएको बताए। भूकम्पपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा गाजासम्बन्धी सुरक्षा परिषद्को…
Read More
इरान र इजरायलबिच तनाव, युद्धको सङ्केत

इरान र इजरायलबिच तनाव, युद्धको सङ्केत

काठमाडौँ । इरान र इजरायलबिच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि दुवै देशबिच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबिच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिँदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए । यद्यपि अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन । यसैबिच अमेरिकी…
Read More
ताइवानको भूकम्पमा परेका मध्ये १९ अझै बेपत्ता

ताइवानको भूकम्पमा परेका मध्ये १९ अझै बेपत्ता

ताइपेइ, २३ चैत । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन्। पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधवारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए । सो भूकम्प पछि सयौँलाई राष्ट्रिय निकुञ्जमा अलपत्र परेको कारण पहिरोले सडक अवरुद्ध गरेको थियो। शुक्रवार ताइवानको फायर डिपार्टमेन्टले भने कि १९ व्यक्ति अझै बेपत्ता छन् । जसमा ६ हाइकिङ ट्रेलमा छन् भने चार विदेशीहरूमा पहिले भारतीय, क्यानडाली र अस्ट्रेलियाका बासिन्दा रहेका छन् । उद्धारकर्ताहरूले पुष्टि गरे कि रमणीय तारोको राष्ट्रिय निकुञ्जको रिसोर्टमा काटिएका करिब ४००…
Read More
खाम पुर्पक्षका लागि कारागार चलान

खाम पुर्पक्षका लागि कारागार चलान

चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रवार भएको  थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।  व्यापारी श्रेष्ठको २०६५ सालको वैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमान्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गङ्गाबहादुर थापा लगायत विरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित…
Read More
कति छ राहुल गान्धीको सम्पत्ति ?

कति छ राहुल गान्धीको सम्पत्ति ?

काठमाडौँ । भारतीय नेशनल काँग्रेसका पूर्व अध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सिटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सिटबाट चुनाव लडेका थिए । अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार बेहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यस पटक अमेठीबाट चुनाव लड्ने कि नदिने भन्ने अझै स्पष्ट भएको छैन । गत निर्वाचनमा उनले भाकपाका पीपी सुनीरलाई चार लाख मत अन्तरले पराजित गरेका थिए । यस सिटमा अप्रिल २६ मा मतदान हुँदै छ । राहुल गान्धीको चुनावी शपथ पत्रमा धेरै जानकारी बाहिर आएको छ । उनले…
Read More