Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
कति छ राहुल गान्धीको सम्पत्ति ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

कति छ राहुल गान्धीको सम्पत्ति ?


काठमाडौँ । भारतीय नेशनल काँग्रेसका पूर्व अध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सिटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सिटबाट चुनाव लडेका थिए ।

अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार बेहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यस पटक अमेठीबाट चुनाव लड्ने कि नदिने भन्ने अझै स्पष्ट भएको छैन । गत निर्वाचनमा उनले भाकपाका पीपी सुनीरलाई चार लाख मत अन्तरले पराजित गरेका थिए । यस सिटमा अप्रिल २६ मा मतदान हुँदै छ ।

राहुल गान्धीको चुनावी शपथ पत्रमा धेरै जानकारी बाहिर आएको छ । उनले सम्पत्ति विवरण समेत सार्वजनिक भएको छ ।

राहुलले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको प्रतिज्ञा पत्रमा बताएका छन् । राहुल गान्धीले आफ्नो शपथ पत्रमा विगत ५ वर्षमा ६ करोड भारु रुपैयाँ आम्दानी गरेको उल्लेख गरेका छन् । हलफनामामा राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड भारु रहेको बताए । यसअघि सन् २०१९ मा उनले १५.८८ करोड रुपैयाँ घोषणा गरेका थिए ।

शपथ पत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रुपैयाँ नगद र २६.२५ लाख रुपैयाँ दुई बैङ्क खातामा जम्मा छ । त्यस्तै राहुल गान्धीले आफूसँग २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड रुपैयाँ जम्मा गरेको बताएका छन् ।

यसबाहेक सात म्युचुअल फण्डमा ३.८१ करोड र करिब १५ लाख बराबरको सुनको ऋणपत्र रहेको उल्लेख गरेका छन् ।

हलफनामा अनुसार राहुल गान्धीले ६१.५२ लाख रुपैयाँ बिमा जम्मा गरेका छन् । उनीसँग ४.२० लाखको सुन र अन्य प्रकारका गरगहना छन् । यसरी राहुल गान्धीको कुल चल सम्पत्ति ९.२४ करोड रुपैयाँ बराबरको रहेको छ ।

हलफनामाका अनुसार राहुल गान्धीसँग करिब ११ करोड १५ लाख रुपैयाँको अचल सम्पत्ति छ । राहुलले दिदी प्रियङ्का गान्धीसँग मिलेर दिल्लीको महरौलीको सुलतानपुर गाउँमा दुई वटा कृषि जग्गा लिएको बताएका छन्, जसमा उनको आधा सेयर छ । प्रतिज्ञा पत्र अनुसार यसको हालको बजार मूल्य २ करोड १० लाख भारु रहेको छ ।

यस बाहेक राहुल गान्धीको नाममा गुरु ग्राममा ५ हजार ५३८ स्क्वायर फिटको अफिस स्पेस छ, जसको हालको मूल्य करिब ९ करोड रुपैयाँ छ ।

हलफनामामा राहुल गान्धीले आफूले सन् १९८९ मा सीबीएसईबाट १२ कक्षा पास गरेको बताए । त्यसपछि उनले सन् १९९४ मा अमेरिकाको फ्लोरिडाको रोलिन्स कलेजबाट ब्याचलर अफ आर्ट्स गरे भने उनले सन् १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजबाट विकास अध्ययनमा एमफिल गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...