Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
रिपोर्टिङमा गएका पत्रकार विष्टले जब आफ्नै बुवाको शव देखेपछि… - Gyaan Ghar

Gyaan Ghar

Advertisement

रिपोर्टिङमा गएका पत्रकार विष्टले जब आफ्नै बुवाको शव देखेपछि…


बैतडी, २३ चैत । बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रवार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगे लगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको खबर आयो ।

उनले उक्त खबरको बारेमा प्रहरीलाई सबै विवरण मागे । प्रहरीले ट्याक्टर दुर्घटनाको सबै विवरण दियो पनि । प्रहरीले दिएको सूचनामा ट्याक्टर चालक राजेश चौधरी र एक जना सनाखत हुन नसकेको व्यक्तिको मृत्युको खबर उनले आफै लेखे, त्यो खबर आफ्नो रेडियोमा पढे पनि । उक्त समाचार आफू कार्यरत स्टार बुलेटिन नामक अनलाइनमा प्रकाशित गरे । साथै आफू सम्वाददाता रहेका अनलाइन सञ्चारमाध्यम पनि पठाए ।

समाचार अनलाइनमा प्रकाशित भयो,टिभीमा बज्यो । तर, कृष्णको पत्रकारिताको सक्रियता त्यत्तिकैमा सकिएन । उनले घटनास्थल जाने निधो गरे । घटनाको प्रारम्भिक खबर सबैतिर गइसकेको थियो । मोटरसाइकल समाते र घटनास्थलतिर लागे । खोडपेबाट झन्डै ६/७ किलोमिटरको दुरीमा रहेको दुर्घटना स्थल झौलेक मोडमा उनी पुगे ।

उनले दुर्घटनाग्रस्त ट्याक्टरको तस्बिर खिचे । चालक र नजिकैको रुखमा अँगालो हालेर रक्ताम्मे भएका सनाखत हुन नसकिएका भनिएका व्यक्तिको पनि तस्बिर आफ्नो क्यामेरामा कैद गरे। दुर्भाग्यवस् रुखलाई अँगालो हालेर रक्ताम्मे अवस्थामा भेटिएका व्यक्ति अरू कोही नभई उनकै बुवा हुन्छन्। उनले तस्बिर खिचेर सडकमा आइसकेपछि मात्रै त्यो तस्बिर बुवाको नै भएको थाहा पाएका थिए।

दुर्घटनामा घाइते भएकाले उनले गुहारका लागि रुखलाई अँगालो हालेको अनुमान लगाउन सकिन्छ। आसपासमा रगत धेरै बगेको थियो । उनलाई त्यो रक्ताम्मे शरीर आफ्नै बुवाको हुनसक्ने कल्पना नै थिएन । किनकि उनका बुवा काठको ठेक्कापट्टाको काम गर्थे।

विष्टका बुवा केही दिनदेखि त्यही क्षेत्रको फिल्डमा थिए । घर आउने क्रममा पक्की सडकमा दुर्घटना भएको थियो । बुवाले आफू घर आइरहेको खबर पनि गरेका रहेनछन्।

घटनास्थलमा रहेका अर्का पत्रकार सिपि लोहिया भन्छन्,‘आफैले रिपोर्टिङ गरेर सडकमा आएपछि सनाखत हुन नसकेका व्यक्ति आफ्नै बुवा हुन् भन्ने थाहा भयो । अनि उ (कृष्ण) सडकमै ढल्यो । सम्हाल्न गाह्रो भइरहेको छ ।’

५५ वर्षीय विष्ट खोडपे आसपासको सामुदायिक बनमा काठको ठेक्कापट्टा गर्थे। कहिले घर त कहिले बनतिर हुने भएकाले उनको घर आउने जाने ठेगाना हुँदैनथ्यो। ‘घर आउने खबर गरेको भए सायद दुर्घटनाको जानकारी राति नै आउने थियो । खोजविन गर्दा घाइते भएका बुवा बचाउन सकिन्थ्यो,’पत्रकार लोहियाले भने,’ ‘पत्रकार,आफैले बुवाको शवको रिपोर्टिङ गरे ।’

प्रहरीले पनि कुनै गाडीलाई साइड दिने बेला किनारातिर रहेको ट्याक्टर खसेको हुनसक्ने अनुमान गरेको छ । दुर्घटना भएको ठाउँ नजिकको भित्तातिर गाडी घस्रिएको निसान रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुर्नयाबाट खोडपे गइरहेको से २ त ३६७८ नम्बरको ट्याक्टर बिहीबार राति ११ बजेतिर जय पृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...