Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 63 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराह्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् । महराले अहिले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन्…
Read More
प्रधानमन्त्रीको उपस्थितिमा १६औँ योजनाका विषयमा छलफल

प्रधानमन्त्रीको उपस्थितिमा १६औँ योजनाका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिएका हुन् ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताए । छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व…
Read More
कार्ल मार्क्स औ बौद्ध दर्शन: एक अन्तरविषयी अन्वेषण

कार्ल मार्क्स औ बौद्ध दर्शन: एक अन्तरविषयी अन्वेषण

-डा चूडाप्रसाद ढकाल परिचय विविधताले भरिएको हाम्रो संसारको प्रत्येक कुनामा भिन्न भिन्न विचार र संस्कृतिहरूको सम्मिश्रण छ। जसमा कार्ल मार्क्सका विचारहरू र बौद्ध दर्शनको सूक्ष्मता एक अर्कासँग जोडिएको देखिनु एक उल्लेखनीय उदाहरण हो। मार्क्सले समाजका संरचनात्मक चुनौतीहरूमाथि प्रश्नहरू उठाए, जसले हामीलाई त्यसमाथि विचार गर्न र तिनको समाधान खोज्न बाध्य पार्दछ। त्यसै गरी, बौद्ध दर्शनले मनको गहिराई र आत्मिक शान्तिको खोजीमा हामीलाई प्रेरित गर्दछ। जब यी दुई दार्शनिक धाराहरूको आपसमा भेट हुन्छ, त्यो भेटघाटले एक नयाँ यात्राको सुरुवात गर्दछ। यो यात्रामा, हामी सामाजिक बाधाहरूलाई पार गर्दै, मानवीय चेतना र समाजको परिवर्तनका नयाँ आयामहरूको खोजी गर्ने प्रयास गर्छौँ। बिचारको यस सङ्गम स्थलमा,…
Read More
राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बिच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । घिमिरे राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
Read More
भारतको नैनीतालमा पिकअप दुर्घटना हुँदा ७ नेपाली मजदुरको मृत्यु

भारतको नैनीतालमा पिकअप दुर्घटना हुँदा ७ नेपाली मजदुरको मृत्यु

काठमाडौँ । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाहरूले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् । प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबै जना फर्कँदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान…
Read More
Truth determination and reconciliation bill 2023

Truth determination and reconciliation bill 2023

Manoj Bhatta Our Party is in favor of ending the Peace process as soon as possible. But the Government itself wants to delay it and save the criminals who committed serious violation of human rights. According to the provision made in the Truth and Reconciliation Bill presented by the Government, the criminal given immunity. How does the Truth and Reconciliation Act presented by the Government try to protect the serious violators of Human Rights? I have tried to discuss it point to point in this article. Laws related to transitional justice, the discussion on the bill to amend the Act…
Read More
गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्छ- राजेन्द्र पाण्डे

गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्छ- राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै पाण्डेले आरोप लागेको मन्त्रीले आफू बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ती गर्नुमा केही बदमासी छ भनेर शङ्का गर्ने ठाउँ रहेको बताए । उनले गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् । मङ्गलवारको बैठकमा काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय समितिको माग पुरा नभएसम्म संसद् चलन नदिने अडान राखेपछि बैठक बुधवारसम्मका लागि स्थगित भएको छ । 
Read More
बालेनको व्यङ्ग्य- अरूलाई के भनम, म आफै खराब छु !

बालेनको व्यङ्ग्य- अरूलाई के भनम, म आफै खराब छु !

काठमाडौँ ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यङ्ग्य लेखेका छन् ।  उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यङ्ग्य गरेको बुझ्न सकिन्छ ।  उनले लेखेका छन्-  म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,राजा खराब भो ,म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,जनतन्त्र हराम भो ,म जनता हुँदा नेता बन्न खोज्छु ,नेता बन्दा जनता लडाउँछु ,कमजोर हुँदा बलियो लाई रोज्छु ,बलियो हुँदा आफै हराउँछु !म अरूलाई के भनम ,म आफै खराब छु !!
Read More
स्लोभाकियाको राष्ट्रपतिमा रुस समर्थक वामपन्थी उम्मेदवार विजयी

स्लोभाकियाको राष्ट्रपतिमा रुस समर्थक वामपन्थी उम्मेदवार विजयी

मस्को, २६ चैत । स्लोभाकियाको राष्ट्रपतिमा रुस समर्थक पिटर पेलेग्रिनी  विजयी भएका छन् । आफ्नो प्रभावलाई बलियो बनाउँदै राष्ट्रपतीय निर्वाचनमा स्लोभाकियाका राष्ट्रवादी–वामपन्थी सरकारका उम्मेदवार पिटर पेलेग्रिनी विजयी भएका हुन ।  ४८ वर्षीय पेलेग्रिनीले आफ्नो जितले सरकारको एजेन्डाको समर्थन र निवर्तमान उदारवादी राष्ट्रपति जुजाना कापुटोभाको सन्दर्भमा अवसरवादी विपक्षी शक्ति केन्द्रलाई अस्वीकार गरेको प्रतिक्रिया दिएका छन् । गत अक्टोबरमा आफ्नो चौथो कार्यकाल सुरु गरेका प्रधानमन्त्री रोबर्ट फिकोले स्लोभाकियाको विदेश नीतिलाई रुस समर्थक पदहरूमा सार्नुका साथै आपराधिक कानुन र मिडिया नियममा सुधारहरू सुरु गरेका छन्, जसले कानुनको शासनको क्षयको बारेमा चिन्ता बढाएको जनाइएको छ। पेलेग्रिनीले ५३.२६ प्रतिशत मत प्राप्त गरेका छन् जबकि पश्चिमी…
Read More
टी-२० विश्वकप खेल्ने जर्सी सार्वजनिक

टी-२० विश्वकप खेल्ने जर्सी सार्वजनिक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसिसी टी- २० विश्वकप खेल्ने जर्सी सार्वजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दै छ । यस पटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो । आउँदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्स विरुद्ध खेल्ने तालिका रहेको छ ।
Read More