health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिएका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताए ।
छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूको सहभागिता थियो ।
छलफलमा योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार राजनीतिक दलहरूबाट प्राप्त सुझावहरू समेटेर योजनाको मस्यौदालाई अन्तिम रूप दिइनेछ ।