16
Apr
काठमाडौँ । इरानले शनिवार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ । अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो । जसमा इरानका दुई वरिष्ठ सैन्य कमान्डर मारिएका थिए । यसपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको छ । सोही आक्रमणको बदलामा शनिवार राति आक्रमण गरेको इरानले जनाएको छ । शनिवारको आक्रमणपछि यस क्षेत्रमा तनाव बढे पनि फेरी आक्रमण भने भएको छैन । इजरायलले जवाफी आक्रमण गर्छ या गर्दैन, इरानले थप आक्रमण गर्छ या गर्दैन यो अहिले अनिश्चित नै छ । इजरायल…