Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
इलाम उपनिर्वाचन- रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले-काङ्ग्रेस - Gyaan Ghar

Gyaan Ghar

Advertisement

इलाम उपनिर्वाचन- रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले-काङ्ग्रेस


  काठमाडौँ । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्दा भन्दा पनि केन्द्रीय मुद्दाले प्राथमिकता पाएपछि उम्मेदवारहरूको चिन्ता बढेको छ । 

इलाम–२ मा ठुला-साना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि  एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिस्पर्धा रहेको देखिएको छ ।

एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । त्यस्तै पहिचानको मुद्दालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी दल जसपासहित पहिचानवादी दलहरू राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक सङ्घसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ । 

इलाममा एमाले र काँग्रेस आफ्नो विरासतलाई कायम राख्न आफ्नै मतदातालाई फकाउन मै व्यस्त देखिएका छन् । एमाले सुवासचन्द्र नेम्वाङकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेर युवा र  सुवास नेम्वाङप्रतिको सहानुभूति मत दुवैलाई आफ्नो पक्षमा पारेर जित हासिल गर्ने रणनीतिका साथ हिँडिरहेको छ । तर एमाले रास्वपा र पहिचानवादीले आफ्नो भोट काट्ने डरबाट मुक्त भने छैन । यस अघि पनि ११४ मात्र मतले जितेको एमालेलाई यो सिट जोगाउन ठुलो चुनौती देखिएको छ ।

अर्कोतर्फ काँग्रेस भने बाहिरका मतदातालाई आकर्षित गर्ने भन्दा पनि आफ्नै मत जोगाउने रणनीतिमा रहेको देखिएको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा इलाम- २ को उपनिर्वाचनमा स्थानीय असन्तुष्ट कार्यकर्तालाई फकाउने र मत बाहिर जान नदिने काममा व्यस्त देखिएका छन् । काँग्रेसमा खड्कालाई दोहोराएर टिकट दिने विषयमै केन्द्रसम्म नै विवाद भएको थियो । अब निर्वाचनमा काँग्रेसले आफ्नै नेता कार्यकर्तालाई एक ठाउँमा राख्ने चुनौतीको सामना गरिरहेको छ । बलियो एमाले, लहरसहित अगाडी बढेको रास्वपा तथा पहिचानवादीको आक्रमणताका बिचमा आफ्नो भोट जोगाउने लडाइँमा काँग्रेस देखिएको छ ।

त्यस्तै पुराना दल भन्दा फरक रहेको दाबी गर्दै अगाडी बढिरहेको रास्वपाले इलाम उपनिर्वाचनमा भने काउन्टर अट्याक पाइरहेको विश्लेषण गरिएको छ । अहिले सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणले इलाममा रास्वपालाई अस्वाभाविक धक्का दिइरहेको महसुस स्वयं रास्वपाका कार्यकर्ताहरूले गरिरहेको देखिएको छ । मतदाताले सिधै सहकारी ठगीको विषय उम्मेदवार र प्रचार गर्न पुगेका केन्द्रीय नेताहरूसँग उठाइरहेका छन् । यसका साथै मतदाताले फरक भन्ने अनि उनै पुराना नेतासँग कुम जोडेर हिँड्ने भन्दै रास्वपाको सरकारको सहभागितालाई समेत प्रश्न गरेका छन् । त्यस्तै इलामका मतदाताले रास्वपाको उम्मेदवार छनौटलाई समेत प्रश्न उठाएका छन् । माओवादी पृष्ठभूमिका पत्रकार रहेका मिलन लिम्बु चुनाव अघि मात्र पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रास्वपाले मिलनलाई उम्मेदवार बनाएपछि उनलाई अहिले पनि घण्टीवाहकको रूपमा स्वीकार गर्न हिचकिचाएको देखिएको छ ।

त्यसै गरी इलामको उपनिर्वाचन पहिचानवादीका लागि अग्निपरीक्षा हुने देखिएको छ । थेगिमले यस निर्वाचनमा चुनाव जित्ने कुरा त अहिले नै अनुमान गर्न सकिन्न तर उनले राम्रो मत ल्याउने सङ्केत समेत देखिएको छ । उनको पक्षमा मतदाताले देखाउने विश्वासले नै  पहिचानवादीहरूको आन्दोलनको भविष्यको बाटो तय हुने हुनाले उनीहरू मतदाताको कसीमा खरो उत्रिने प्रयासमा रहेका छन् । यस अर्थमा यो निर्वाचन उनीहरूको लागि ठुलो अग्निपरीक्षा भएको छ ।

इलाममा स्थानीय भन्दा केन्द्रीय मुद्दा नै हाबी भएपछि एमाले- काँग्रेसले सहजता महसुस गरे पनि यसको ठुलो असर अहिले रास्वपालाई परेको देखिएको छ । तर उम्मेदवारहरू सहर केन्द्रित मात्र हुनुले मतदाताको समस्या र गुनासो पहिचान गर्न नसकेको समेत विषय आएको छ ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 
सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । नेम्वाङसँग काँग्रेसका खड्का एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए । खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए । 

यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेसमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरू डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् । 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

उम्मेदवारहरूले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले वैशाख १५ गते मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...