health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

मुकेश कुमार यादव/सिराहा, १२ वैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स)खरिद बिक्री हुने गरेको पाइएको छ।
कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो।
ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जति पटक परीक्षा र ट्रायलमा सहभागी भए पनि पास नहुने तर घुस बापत रकम बुझाएपछि सजिलै लाइसेन्स हात लाग्ने सेवाग्राहीहरू बत्ताउँछन्।
सिराहा गोल बजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटर साइकलको लाइसेन्सका लगी ट्रायल दिए। तर, उनी एक पटक पनि पास हुन सकेन। तर, उनीसँगै गएकाहरूले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे।
यहाँ जुन सुकै गाडीको लाइसेन्स लिन घुस रकम बिचौलियामार्फत बुझाए सजिलै लाइसेन्स पाइने ती युवकले बताए। उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पास गरेँ। तर, तीन पटक ट्रायल दिँदा पनि पास हुन सकिएन। घुस नदिई लाइसेन्स लिऊँ भनेको मुस्किल रहेछ।’
‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडि परियो।’ उनले थपे, ‘अर्को पटक घुस दिएरै भए पनि पास गर्नुपर्ने अवस्था आयो।’
सिराहा धनगढीमाईका रमेश यादव (परिवर्तित नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन्। तर, उनीसँग ड्राइभिङ लाइसेन्स थिएन। उनी लेखपढ समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाइसेन्स लिए।
उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन। पैसा नदिई लाइसेन्स पाइँदैन भन्ने सबै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय बाहिरै बिचौलिया सँग अवैध रकम बुझाएर लाइसेन्स लिएँ।’
ट्याक्टर, म्याजिक र विङ्गर चालक मात्र हैन यहाँबाट लाइसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमामात्र लाइसेन्स पाउने गरेको एक बिचौलियाले बताए। ती बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाइसेन्स नै पाइँदैन, हामीहरूलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यही अनुसार सेटिङ्गमा काम हुने हो।’
यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुशेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।
रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस् तुरुन्त कारबाही गछु।’
उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिने मात्र हो, बाँकी काम यातायात कार्यालयले गर्नुभएकोले हाम्रो खासै भूमिका पनि हुँदैन । सिराहामा विना बिचौलियाको लाइसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरीक्षक पुरीले केही सुनिएन भनी फोन काटे।
यातायात र ट्राफिक प्रहरीले लाइसेन्स बापत अवैध रूपमा उठाइएको रकम जिल्ला , प्रदेश र विभाग सम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जनाएको छ। उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरूको मिलेमतोमय बिचौलिया खडा गरेको हुन्छ, लाइसेन्सको लिखित सकिएर ट्रायल सकिने दिन नै अवैध असुली गरेको रकम वाडफाड गर्ने गरेको बताए।’
ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले बिचौलिया खडा गरी खुलेआम रूपमा ड्राइभिङ लाइसेन्स बिक्री वितरण गरिरहेको सेवाग्राहीहरू बत्ताउँछन्। ड्राइभिङ लाइसेन्स लिन बिचौलियासँग सेटिङ नमिले लाइसेन्स नपाइने सेवाग्राहीहरूको भनाई छ।