08
May
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशाला २६ बिचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फाँसी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्दाको सुनुवाइ स्थगित हुँदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष रहेको बताउँदै आएका छन् । उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- 'तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बिच जुनसुकै सम्बन्ध, चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस्। म दोषी देखिन्छु भने फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।'…