Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 53 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौँ, २१ । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ बर्सिया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन्।
Read More
जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ ।   आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।
Read More
गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, काँग्रेसको विरोध

गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, काँग्रेसको विरोध

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत विभाजनमा मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो । मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्ण प्रसाद धितालले संविधान अनुसार निर्णायक अवस्थामा आफूले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुखले घोषणा गर्नासाथ काँग्रेसका सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए ।   …
Read More
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । 'सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'निकै ठुलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ ।' गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० शय्या निःशुल्क उपलब्ध गराइएको उल्लेख…
Read More
 सन्दीपको मुद्दा न्यायाधीश द्वय निरौला र ढुङ्गेलको इजलासमा

 सन्दीपको मुद्दा न्यायाधीश द्वय निरौला र ढुङ्गेलको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ । यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो ।  काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन ।…
Read More
जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

काठमाडौँ । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेश मन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरूका अनुसार विदेश मन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् । इन्डियन एक्सप्रेसले जयशंकरलाई उद्धृत गर्दै लेखेको छ- 'मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रस्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बिचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले…
Read More
कथाकार ‘जिज्ञासु’को कचहरी कथासङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न 

कथाकार ‘जिज्ञासु’को कचहरी कथासङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न 

  लमही वैशाख २२ । कथाकार कल्पना पौडेल 'जिज्ञासु'ज्युको 'कचहरी' कथासङ्ग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयोजनामा लमहीमा सम्पन्न भयो । वैशाख २२ का दिन  अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल 'बुलबुल'को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पौडेल 'जिज्ञासु' कचहरी कथासङ्ग्रह मार्फत सशक्त नारीवादी हस्ताक्षरका रूपमा उदाएको बताउनु भयो । कथा सङ्ग्रहमा नारी पात्रलाई एकदमै शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको अर्का वक्ता राधा गौतमले बताउनुभयो । अहिले नेपालमा भाषा, संस्कृतिलाई खतम पार्ने काम भइरहेकोले साहित्यकारहरूले देश र समाजको हितलाई छलफल तथा लेखनको विषय बनाउनुपर्ने संविधानसभा सदस्य रश्मिराज नेपाली बताउनुभयो । साहित्यकारहरू यम…
Read More
ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाउनुभयो । “सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदै छ ।” नेपालको प्रेस जगत् सधैँ…
Read More
महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरूको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरूको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् ।  तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्टि गराउने काम भइरहेको छ ।  २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठुलो सङ्ख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।  यसरी लिइएका आवेदनमध्ये अनलाइनबाट करिब ५…
Read More
अमेठी र रायबरेलीसँग जोडिएको गान्धी परिवारको राजनीति

अमेठी र रायबरेलीसँग जोडिएको गान्धी परिवारको राजनीति

काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल काँग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ । काँग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गरेका छन् । राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उनले शुक्रवार मनोनयन दर्ता गरेका छन् । अब उनको प्रतिस्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ ।  गत लोकसभा चुनावमा उनलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद भइन् । यस पटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय…
Read More