health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् ।
मङ्गलवार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपालले अदालत जाने निष्कर्षमा पुगेको उनले बताए ।
जसपा नेपालले बुधवार कानुनी राय लिएर अदालत जाने बताइएको छ ।
यसैबिच पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा हुने बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जसपा बनाएका छन् ।