health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ ।
यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
यस चरणमा हाई प्रोफाइल नेताहरू गृहमन्त्री अमित शाह, नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्य मन्त्री म सुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला लगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ ।
तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीस गढ, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बङ्गाल, दादर नगर हवेली र दमन दीप छन् ।