Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 32 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
समाजवादको ऐतिहासिक विकास: एक संक्षिप्त चर्चा

समाजवादको ऐतिहासिक विकास: एक संक्षिप्त चर्चा

  -डा चूडाप्रसाद ढकाल   समाजवाद, समाजमा आर्थिक र सामाजिक समानता स्थापना गर्ने एक विचारधारा हो । यो प्रत्येक व्यक्तिको कल्याण र समृद्धिको साझा लक्ष्यमा केन्द्रित छ। समाजवादको ऐतिहासिक विकासले यसको महत्त्व र बदलिँदो आर्थिक र सामाजिक  परिस्थितिहरूमा यसको आवश्यकताको प्रमाण प्रस्तुत गर्दछ। यस निबन्धमा, हामी समाजवादी विचारको विकास, यसको व्यावहारिक कार्यान्वयन र यसले सामना गरेका तथा गर्न बाँकी चुनौतीहरू एवम् यसको वातानुकूलित सृजनशीलताको संक्षिप्त चर्चा गर्नेछौँ। औद्योगिक क्रान्तिपछि उदय भएको समाजवादी विचारधाराले समाजमा आर्थिक र सामाजिक असमानताविरुद्ध आवाज उठायो। यसले समाजका सबै सदस्यहरूलाई समान अवसर र सुविधाहरू प्रदान गर्ने र साझा सम्पत्तिमा आधारित एक समुदायमूलक आर्थिक प्रणालीको परिकल्पना गर्‍यो।…
Read More
प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील लेखक सङ्घको आयोजनामा भएको मार्क्सवादी दृष्टिमा धर्म र संस्कृति विषयक ७३औँ परिसंवाद कार्यक्रमको सन्दर्भमा उनले सो धारणा राखेका हुन् । श्रावण ४ गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा साहित्यकार पोखरेलले ‘धर्मभित्रको रुढीवाद, अन्धविश्वासलाई हटाएर मानव सेवामा क्रियाशील हुनु नै वास्तविक धर्म भएको बताए– ‘धर्मलाई नयाँ सन्दर्भ अनुसार सिर्जनात्मक तरिकाले प्रयोग गर्दै जानुपर्दछ ।’ कार्यक्रममा आफ्नो धारणा राख्नै प्रा.डा.पोखरेलले ‘अध्यात्मवाद भनेको रुढीवाद हो तर अध्यात्म भनेको मनोवैज्ञानिक कुरा हो’ उनले भने, ‘अध्यात्मवादभित्रका नकारात्मक पक्षहरूको खण्डन गर्दै तथा सकारात्मक पक्षहरूको ग्रहण गदै अगाडि बढ्नुपर्दछ…
Read More
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी र सर्वसाधारण रहेका छन् । यसबाहेक सयौँ मानिस घाइते भएका छन् । यो हिंसाले सिङ्गो देशलाई आक्रान्त बनाएको छ । मङ्गलवार देशभरका धेरै शैक्षिक संस्थाका विद्यार्थी सडकमा उत्रिएर प्रदर्शन र नाकाबन्दी गर्न थाले । जसका कारण ढाका बाहेक राजशाही, चटगाउँ, बागुडा लगायतका धेरै सहरमा सवारी साधन चल्न ठप्प भएको छ । राष्ट्रिय राजमार्गमा पनि यस्तै अवस्था देखिएको छ । कयौँ स्थानमा हिंसात्मक झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले धेरै ठाउँमा फायरिङ गर्नुपरेको थियो…
Read More
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ । स्थानीय मिडियाहरूले सयौँ मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन् । प्रदर्शन हिंसात्मक हुँदै गएपछि बङ्गलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ । यसैबिच, बङ्गलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण बिटिभीको प्रसारण रोकिएको छ । गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।
Read More
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एसिया कपमा एसिया ८ देशले भाग लिँदै छन् । भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्दै छन् । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय…
Read More
विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना मगर विवादमा परेकी हुन् । उपसभामुख राना मगरले सन् २०२३ फेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्य तालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ । रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन…
Read More
सफा हुँदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

सफा हुँदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका शौचालयहरू अहिले टिलिक्क भएका छन् । शौचालयसँगै विद्यालयमा भएका भान्छा कोठाहरू पनि सफा भएका छन् । विद्यालयका शौचालयमा गाढा फोहर जम्मा भएको, दुर्गन्धित भएको, भान्छा कोठामा चिल्लो भएको अवस्था थियो । यो अवस्थाले बालबालिकाको वातावरणीय चेत र वातावरणीय सिकाइमा असर पर्ने भएपछि महानगरपालिकाले सूचकसहितको अनुदान रकम उपलब्ध गराएर  ‘सुन्दर विद्यालय’ स्वर्णिम योजना र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको स्वच्छता र सरसफाइ तुलना योग्य अवस्थामा रूपान्तरण भएको हो । वातावरण, स्वच्छता र सरसफाइका विषय बुझाउन व्यवहारिक र प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य राखेर महानगरपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा ‘बालबालिका र वातावरण…
Read More
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पूर्व अर्थमन्त्री हुन् ।
Read More
भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह

भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह

साढे सात अर्ब बचत फिर्ताको प्रस्तावसहित दुवै पक्ष परामर्शमा, वकिल प्रहरीमा खिलानाथ ढकाल काठमाडौँ- ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन्। सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैँ लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन्। भरतको पुलचोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालीमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित कानुन व्यवसायी बलराम सुवेदी कानुनी…
Read More
कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा जीव वैज्ञानिकलाई २४९ वर्षको सजाय

कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा जीव वैज्ञानिकलाई २४९ वर्षको सजाय

काठमाडौँ । अस्ट्रेलियामा जीव वैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ । ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन् । गत वर्ष, उनले पशु क्रूरतासँग सम्बन्धित 60 आरोप स्वीकार गरेका थिए । अस्ट्रेलियाली मिडिया एबीसीको रिपोर्ट अनुसार एडम बेलायती नागरिक हुन् । उनी अस्ट्रेलियाको डार्विनमा रहेको आफ्नो घरमा कुकुरलाई यातना दिने र बलात्कारपछि हत्या गर्थे । यसबाहेक, उनी यी सबै रेकर्ड पनि गर्थे । उनले कुकुरलाई बलात्कार गर्नका लागि ‘टर्चर कोठा’ पनि बनाएका थिए । एडमले गुम्ट्री अस्ट्रेलिया नामक वेबसाइटमार्फत ४२ वटा कुकुर किनेका थिए । उनले यी कुकुरहरूलाई नयाँ घर दिने बताएका…
Read More