Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 31 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
मध्यरातलाई प्रश्न !

मध्यरातलाई प्रश्न !

* हेम बिजी  घाम डुबेको आधा समय र घाम उदाउन बाँकी आधा समय ए मध्यरात यो निस्पट्ट अन्धकार रातमा तैँले सिंहदरबारको कुर्ची बदल्छस् किन सिंहदरबारको सत्ता पल्टाउँछस् किन निदाइरहेको बेला सपनामा जनताहरू र जाग्राम राखेर नेताहरू भोली मध्यान्ह नआउँदै तैँले ए मध्यरात कुर्चीको खेल खेल्छस् किन सत्ताको झेल खेल्छस् किन मैले सुनेको छु ए मध्यरात तैँले हतार हतारमा कुर्ची बदल्न सम्झौता गरिस् रे मध्यरातमै सत्ता फेर्न हस्ताक्षर गरिस् रे मध्यरातमै मेरो मध्यरातलाई प्रश्न छ तैँले मध्यरातमा सम्झौता गर्नेले मध्यरातमा भूकम्पमा घरहरू ढल्दा कहिल्यै झुप्राहरू बनाउन मध्यरातमा सम्झौता गरिनस् किन तैँले मध्यरातमा हस्ताक्षर गर्नेले मध्यरातमा बालिका बलात्कृत हुँदा कहिल्यै बालिकालाई न्याय…
Read More
काठमाडौँ महानगरमा आजदेखि पोलियो अभियान: घर घरमा पुगेर खुवाइने

काठमाडौँ महानगरमा आजदेखि पोलियो अभियान: घर घरमा पुगेर खुवाइने

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा आजदेखि ५ वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ । यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका घर घरमा आउनेछन् । उनीहरूले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने महानगरले जनाएको छ । नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्ने काठमाडौँ महानगरको स्वास्थ्य विभागले महानगरवासीलाई आग्रह गरेको छ । वातावरणीय निगरानीका क्रममा भएको नमुना सङ्कलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको  पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान सुरु गरेको हो ।  २०८१ जेठ १३ गते ढलबाट आएको पानीको नमुना लिइएको…
Read More
बङ्गलादेशबाट अहिलेसम्म  १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बङ्गलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बङ्गलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मङ्गलवार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बङ्गलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दूतावास विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ । बङ्गलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यु लगाइएको छ भने इन्टरनेटसहितका सुविधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ…
Read More
समकक्षता प्रमाण मात्र लिँदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

समकक्षता प्रमाण मात्र लिँदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

काठमाडौँ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पुर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । पूर्वमन्त्री वीरेन्द्र प्रसाद महतोले प्रतिनिधि सभाको बैठकमा आफ्नो छोराको समकक्षता प्रमाणपत्र लिँदा पाँच हजार घुस खुवाउनु परेको बताएका थिए । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको…
Read More
बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

वसन्त भण्डारी /हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी सङ्गठनबाट सुरु भएको थियो। त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोस्टबहादुर बोगटीलाई हराएर…
Read More
मदन पुरस्कारका लागि पाँच कृति छनौट

मदन पुरस्कारका लागि पाँच कृति छनौट

काठमाडौँ । मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०' का लागि भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चाम्लिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन कृतिहरू छनौट गरेको जानकारी दिएको छ । यी मध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।
Read More
ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ?

ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ?

काठमाडौँ । जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पूर्व राष्ट्रपति बराक ओबामाले एक विज्ञप्ति जारी गर्दै उनको प्रशंसा गरेका थिए । तर ओबामाले न त कमला ह्यारिसको नाम उल्लेख गरेका छन् न त उनको सम्पूर्ण वक्तव्यमा समर्थन नै गरेका छन् । ओबामाले आगामी पार्टीको नेशनल कन्भेन्सनमा आफ्नो पार्टीका नेताहरूले उत्कृष्ट नेता छान्ने आशा पनि व्यक्त गरेका छन् । ओबामाको भनाइपछि विभिन्न अड्कलबाजी सुरु भएको छ । बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्ने हो भने उनको स्थानमा डेमोक्र्याट पार्टीबाट मिशेल ओबामा राष्ट्रपतिको उम्मेदवार बन्न सक्छिन् भन्ने चर्चा केही समयअघि मिडियामा आएको थियो । तर, मिशेल ओबामाको कार्यालयले यी रिपोर्टलाई गलत घोषित गर्दै मिशेल…
Read More
प्रधानमन्त्री ओली र वर्षमान पुनबिच संसद्मा भनाभन !

प्रधानमन्त्री ओली र वर्षमान पुनबिच संसद्मा भनाभन !

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबिच भनाभन भएको छ । संसद्मा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसद्मा बोलेका कुरालाई संसद्मा झुटो रूपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका  थिए । उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडी आएका विषयमा आफूले जवाफ दिएको उनले बताए । उनले आफूले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका…
Read More
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिवंश आचार्य

नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिवंश आचार्य

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् । उनले ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदै छ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’ उनले भनेका छन्- 'धेरैलाई हाई ब्लड प्रेसरको कारण हो कि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा  फुटेको रहेछ र   त्यसलाई…
Read More

आज अपराह्न १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूच

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बोलिएको जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भए अनुसार विश्वासको मत लिन लागेका हुन् ।
Read More