Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
सफा हुँदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय - Gyaan Ghar

Gyaan Ghar

Advertisement

सफा हुँदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय


 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका शौचालयहरू अहिले टिलिक्क भएका छन् । शौचालयसँगै विद्यालयमा भएका भान्छा कोठाहरू पनि सफा भएका छन् । विद्यालयका शौचालयमा गाढा फोहर जम्मा भएको, दुर्गन्धित भएको, भान्छा कोठामा चिल्लो भएको अवस्था थियो । यो अवस्थाले बालबालिकाको वातावरणीय चेत र वातावरणीय सिकाइमा असर पर्ने भएपछि महानगरपालिकाले सूचकसहितको अनुदान रकम उपलब्ध गराएर  ‘सुन्दर विद्यालय’ स्वर्णिम योजना र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको स्वच्छता र सरसफाइ तुलना योग्य अवस्थामा रूपान्तरण भएको हो ।

वातावरण, स्वच्छता र सरसफाइका विषय बुझाउन व्यवहारिक र प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य राखेर महानगरपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा ‘बालबालिका र वातावरण – वावा’ उपसमूहको नेतृत्वमा विद्यार्थीहरूले वातावरणीय सुधार, व्यवस्थापन र संरक्षणमा व्यवहारिक ज्ञान र सिप प्राप्त गर्छन् । विद्यालय परिसर कलात्मक तथा हरियाली बनाउँछन् । सफा र स्वच्छ बनाउँछन् । कार्यक्रमबाट अपेक्षित दीर्घकालीन नतिजा हो ।

यो अवस्थाले विद्यार्थीहरूमा स्वच्छता, सरसफाइ, वातावरण तथा प्राकृतिक सुन्दरताको गहिराइ बुझ्न प्रयोगात्मक कार्यशालाको अभ्यासमा अभ्यस्त हुन थालेका छन् ।

शैक्षिक सत्र २०८० बाट कार्यान्वयनमा आएको परियोजनाबाट महसुस योग्य नतिजा प्राप्त हुन थालेका छन् । नतिजाका बारेमा प्रतिक्रिया दिँदै सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन्, ‘विद्यार्थीहरूमा श्रमप्रति सकारात्मक धारणाको विकास भएको छ । आफू बसेको वातावरणको बारेमा बुझ्न, घर विद्यालय तथा समुदायको वातावरणलाई स्वच्छ बनाउने ज्ञान र सिप कुशलता प्राप्त भएको छ ।’ यस प्रकारको ज्ञान दिन सञ्चालित क्रियाकलापका बारेमा जानकारी दिँदै उनी थप्छन, ‘कक्षाकोठा, शौचालय, भान्छा, प्राङ्गण, विद्यालय परिसर सरसफाइ गर्ने, विद्यालयमा रहेको बगैँचाका बिरुवाहरू गोडमेल गर्ने तथा समुदायमा रहेका सार्वजनिक बाटो, धारा, मठ मन्दिरको स्वच्छता, सरसफाइ र हरियालीका लागि विद्यार्थीहरू सहभागी भएर काम गरेका थिए ।’

यसका लागि हरेक विद्यालयमा वातावरण र बालबालिका (वावा) उपसमूह गठन गरिएको छ । शैक्षिक सत्र २०८० मा कक्षा ४ देखि ८ सम्मका २ हजार ५७० विद्यार्थी यस उपसमूहमा संलग्न थिए । उपसमूहको नेतृत्वमा हरेक शुक्रवार सरसफाइका लागि १ घण्टा श्रमदान हुन्छ । उनीहरूले विद्यालय परिवारमा भएका प्रधानाध्यापक, शिक्षक, अन्य उपसमूहका विद्यार्थी, अभिभावक समेतलाई श्रमदान कार्यक्रममा सहभागी गराउने गरेका छन् ।

कार्यक्रमको थालनी र अभ्यास

सुन्दर विद्यालय कार्यक्रमको मोडालिटी तयार गर्न महानगरले साझेदारहरूसँगको सहकार्यमा विद्यालयको अवस्था अध्ययन गरेको थियो । अध्ययनको मूल्याङ्कन प्रतिवेदन मङ्सिर महिनामा तयार भयो ।

परियोजनाका बारेमा सरोकारवाला व्यक्ति तथा पदाधिकारीलाई जानकारी दिन, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, विद्यार्थी प्रतिनिधि (बाबा उपसमूहका अध्यक्ष), विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावकका प्रतिनिधिलाई विद्यालयको क्लस्टर बनाएर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो । यसपछि कार्यक्रम सञ्चालन गर्ने सूचक बनाएर पहिलो किस्तामा बजेट पठाइयो ।

यसको संरचना र ढाँचाको नमुना देखाउन शिक्षा विभागले वातावरण व्यवस्थापन विभागसहित साझेदारसँगको समन्वयमा वडा नं. १२ को सरस्वती निकेतन माध्यमिक विद्यालयमा सौन्दर्यीकरण श्रमदान कार्यक्रम आयोजना गरियो । फागुन ११ गते सुरु भएको यो कार्यक्रम त्यस पछिका दिनमा हरेक विद्यालयमा भएका बाबा उपसमूहको नेतृत्वमा हरेक शुक्रवार सरसफाइका लागि कयौँ घण्टा श्रमदान भयो ।

श्रमदान संस्कार बिस्तार हुँदै गयो । यसबाट विद्यालयहरू हरियाली र कलात्मक देखिन थाले । सामुदायिक विद्यालय सुन्दर बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह हुन थाल्यो । सोचमा परिवर्तन आउन थाल्यो । अहिले सामुदायिक विद्यालयका परिसरमा बिरुवा हुर्किरहेका छन् । गमलामा फूल रोपिएका छन् । भित्ताहरूमा कलात्मक चित्र र आकृति कोरिएका छन् । कक्षा कोठा, भान्छा कोठा, शौचालय सफा र दुर्गन्धरहित छन् ।

महानगरपालिकाले यसका लागि के गर्‍यो?

सुन्दर र हरित विद्यालय निर्माण गर्न महानगरपालिकाले विद्यालयको आवश्यकता, विद्यार्थीको सङ्ख्याजस्ता सूचकका आधारमा खर्च गर्नु पर्ने शीर्षक पहिचान गर्‍यो । ती शीर्षकमा काम गर्नका लागि अनुमानित खर्च तयार गर्‍यो । यसका आधारमा एउटा विद्यालयलाई ३ किस्तामा न्यूनतम ३ लाख ६० हजार रुपैयाँदेखि अधिकतम १२ लाख रुपैयाँसम्म उपलब्ध गराएको थियो ।

यसरी उपलब्ध गराइएको रकम खर्च गर्ने शीर्षक पनि रकम निकासासँगै पठाइएको थियो । यो रकमबाट शौचालयको सरसफाइ तथा विद्यालय सरसफाइ र सुन्दरताका लागि औजार, उपकरण तथा सामग्री (गोडमेल गर्ने साधन, गमला, बिरुवा, माटो, मल, पन्जा, फोहर वर्गीकरण गर्ने बिन, मास्क), अभिमुखीकरण र प्रयोगात्मक कार्यशाला, अनुगमन मूल्याङ्कन, प्रतिवेदन तथा रिपोर्टिङ, साझेदारसँगको सहकार्य लगायत खर्चका शीर्षक थिए ।

यससँगै विद्यालयलाई आवश्यक पर्ने विज्ञसहित जनशक्ति उपलब्ध गराइएको थियो ।

कार्यक्रम सञ्चालन गर्न युएसएआइडी, इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन (एन्फो), वर्ड कन्जरभेसन नेपाल, वाटर इन्भारोमेन्ट एन्ड रिक्स एजुकेसन, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, क्लिन अप नेपाल, ल्याण्ड आवर फ्युचर, एकीकृत सहरी विकास केन्द्रलगायत साझेदारले सघाइ रहेका छन् । उनीहरूको भूमिका विद्यालयका जनशक्तिको क्षमता विकास र समुदाय परिचालनमा धेरै छ ।

सरसफाइका क्षेत्रमा काम गर्न तथा स्वच्छता कायम गराउन यस अघि बसेको छाप सबैभन्दा ठुलो बाधक रहेको झाको अनुभव छ । अहिले सञ्चालन भएको कार्यक्रमले परम्परागत मानसिकतामा परिवर्तन गरेर नयाँ स्वरूपमा आकार प्रदान गर्नेछ । यस्तै स्वामित्व सिर्जना गर्नेछ । उहाँको विश्वास छ ।

सहरी स्वयंसेवक

महानगरपालिकामा १४० जना सिटी भोलेन्टियर (सहरी स्वयंसेवक) ले काम गरिरहेका छन् । यो २४ हप्ताका लागि जोडिएका स्वयमसेवकहरुले हप्तामा २ दिन समय दिने गरेका छन् । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि हुन् । उनीहरू जुन शीर्षकअन्तर्गत भए पनि सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...