Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 16 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
यस्ताछन् काङ्ग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार

यस्ताछन् काङ्ग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले आगामी १६ मङ्सिर मा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। काँग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उम्मेदवारहरूको नामावली सार्वजनिक गरेका हुन्।
Read More
सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी !

सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी !

*अशोक शर्मा अन्ततः मैले पूर्णबहादुरको सारङ्गी फिल्म हेरेँ । डा शिवशङ्कर बस्यालको सङ्ग्रामपुर उपन्यास भने अलि अगाडि नै पढिसकेको थिए । फिल्म हलमै गएर हेर्नुको तात्पर्य चाहिँ सङ्ग्रामपुर उपन्यास सँग यसका विषय र प्रसङ्ग कति मिल्छन् ? अथवा त्यो फिल्मले उक्त उपन्यासको अनुकरण गर्याे वा गरेन ? भन्ने कुरासँग सम्बन्धित थियो । यस विषयमा केही चर्चा गर्दा उपयुक्त होला । प्रथमतः डा. शिवशङ्कर बस्यालद्वारा लिखित सङ्ग्रामपुर उपन्याससँग यसका कथावस्तु मिले कि मिलेनन् यो सवालमा फिल्म निर्माणका प्रमुख पात्रले नै पूर्णबहादुरको सारङ्गी सङ्ग्रामपुर उपन्यास सँग मिल्न जानू हाम्रो नियत नभएर संयोग मात्र हो भनिसके पछि उक्त फिल्म सो उपन्यासको कथावस्तुसँग मिल्दैन…
Read More
कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी !

कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी !

* सरोज न्यौपाने, स्ट्रगल प्रदर्शनको १६ औँ दिनमै ३० करोड हाराहारीमा व्यापार गरिसकेको नेपाली चलचित्र इतिहासकै कीर्तिमानी चलचित्र 'पूर्णबहादुरको सारङ्गी' हेरियो । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा तरङ्ग नै पैदा गरिरहेको `पूर्णबहादुरको सारङ्गी´ ०३० को दशकदेखि ०६० को मध्ये( ०३६ सालको जनमत सङ्ग्रहदेखि ०६२/६३ को जनआन्दोलनसम्म) दशकसम्मको नेपाली समाज र खास गरी ग्रामीण परिवेशका विविध आयामहरूको दुरुस्त चित्रसहितको पूर्ण दस्ताबेज नै हो ।  एक जना गन्धर्व समुदायका पिताले आफ्नो छोरालाई डक्टर बनाउन गन्धर्व पेसामार्फत गर्दै गरेको सङ्घर्ष, त्यस क्रममा पूर्णबहादुरले भोग्नुपरेको दुःख, सहनु परेको अपमान र खप्नुपरेको कष्टलाई बडा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । आजको चलचित्र…
Read More
झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ

झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ

झापा- झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी छन्। शनिवार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गङ्गालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए। टाउकोमा रड प्रहार गरिएका माझीलाई राति नै बिएन्डसी अस्पताल बिर्तामोड पुर्‍याइएकोमा उनको मृत्यु भएको थियो। घटना जानकारीमा आउने बित्तिकै खटिएको प्रहरी टोलीले राजवंशीलाई फलामको रडसहित पक्राउ गरेको केसीले बताए। घटनाको कारण पुरानो ‘रिसिइबी’ रहेको खुलेको छ। राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ।
Read More
जलवायु अभियन्ताहरूद्वारा काठमाडौँसहित १६ सहरमा प्रदर्शन

जलवायु अभियन्ताहरूद्वारा काठमाडौँसहित १६ सहरमा प्रदर्शन

काठमाडौँ- नेपालमा सक्रिय जलवायु अभियन्ताहरू सडकमा उत्रिएका छन्। नागरिक समाज,पिछडिएको वर्ग,अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी समूह र स्थानीय समुदायहरूको ठुलो सङ्ख्याले शनिवार सडकमा प्रदर्शन गरेको हो। नेपालका विभिन्न १६ स्थानहरूमा जलवायु वित्तको माग गर्दै सडकमा प्रदर्शन गरिएको थियो। यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को समर्थनमा गरिएको बताइएको छ। यो आन्दोलनले वैश्विक उत्तर (ग्लोबल नर्थ)का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ)प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ। काठमाडौँमा भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्नपार्कस्थित शान्ति बाटिकामा गएर विभिन्न झाँकीसहित प्रदर्शनपछि समापन भएको थियो। चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौँडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा…
Read More
श्रीलङ्कामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ 

श्रीलङ्कामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ 

श्रीलङ्कामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) ले शानदार जित हासिल गरेको छ ।  मार्क्सवादी विचारधारा झुकाव राख्ने दिसानायकेको एनपीपी गठबन्धन १३७ सिटमा विजयी भएको हो । २२५ सदस्यीय संसद्मा एनपीपीले १३७ सिटमा जित दर्ता गरेको छ । पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासका छोरा सजित प्रेमदासको नेतृत्वमा रहेको विपक्षी गठबन्धन एसबीजेले ३५ सिट जितेको छ । बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार बिहानसम्म राष्ट्रपति अनुरा कुमारा दिशानायके नेतृत्वको बामपन्थी गठबन्धन दुई तिहाई नजिक पुगेको हो।
Read More
राष्ट्रिय आविष्कार केन्द्रले बनायो भेन्डिङ मसिन

राष्ट्रिय आविष्कार केन्द्रले बनायो भेन्डिङ मसिन

  काठमाडौँ । नेपाली वैज्ञानिक महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रले भेन्डिङ मसिन बनाएको छ । विदेशमा प्रायः प्रयोग गरिने सो मसिनको निर्माणले देशमा व्यापार व्यवसायको क्षेत्रमा विशेष फड्को मार्ने विश्वास गरिएको छ । भेन्डिङ मसिनको निर्माण पछि वैज्ञानिक पुनद्वारा ट्विट जारी गर्दै भनिएको छ,  यो पहिलो नमुना भएता पनि विदेश तिर ठाउँ ठाउँमा राखिने मेशिनले जस्तै काम गर्छ । यसलाई चिटिक्क पारेर बनाउन सकियो भने सहर बजारमा बिक्री हुन्छ । यसरी बिक्री हुने कुनै पनि चिज बनाउन चाहनेहरू राष्ट्रिय आविष्कार केन्द्रमा आउनु होस् - स्वागत छ ।
Read More
प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको  मृत्यु, 

प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको  मृत्यु, 

  काठमाडौँको शंखरापुर नगरपालिका, साँखु–थली सडक खण्डमा प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका  कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटीको  उपचारको क्रममा मृत्यु भएको हो ।  नगरकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो । दुर्घटनामा नगरकोटीकी पत्नी ३२ बर्सिया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् ।   उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बा.१९ च २६९५ नम्बरको गाडीका चालक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
अप्ठ्यारो छ साथी !

अप्ठ्यारो छ साथी !

रबि पाैडेल,  जैमिनी -७ जैदि बाग्लुङ त्यहाँ छ सङ्गठन खै किन हो यहाँ ? त्यहाँ दिनरात सङ्गठन छ यहाँ दिनरात कामै काम छ ! यहाँ मेलापात छ घाँस दाउरा छ साथी , त्यहाँ सङ्गठन छ डिउटि छ डिउटि छैन, सङ्गठन छ ! यहाँ कामकै बेला छ त्यहाँ सङ्गठनको भेला छ बैठक छ सभा छ सम्मेलन छ साथी सङ्गठन त्यहीँ छ खै किन हो यहाँ खालि कामै मात्रै छ ! यहाँ छलफल हुन्छ धान मकै र कोदोको बाँजाे वारि र खेतको घाँस पलाउने ठाउँमा हाबी र बुकी झारको निसास्सिएर बसेका सेतै फुलेका ,गाला चाउरिएर शरीर नुहेका आमा र बाबुको हेरचाह भएन…
Read More
आत्मघाती आँसु !

आत्मघाती आँसु !

* डा.गोविन्दशरण उपाध्याय काली दासले आफू बसेको हाँगो काटिरहेका थिए | शुभेच्छुकले आत्मघाती हुन्छ भन्दा कालिदासले तिनको तिरस्कार गरेका थिए | अहिलेको आफूलाई मोडर्न मान्ने समाजको मनोविज्ञान यस्तै दिशातिर अगाडी बढिरहेको छ | जब कुनै चलचित्र वा सिरियलले आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारको निन्दा गर्छ, त्यो हिट हुन्छ | अचम्मको कुरा त के भने आफ्नै परिचयको बदख्वाइँ देखेर, सुनेर आँसु बगाउँदै गरेका दर्शकहरू विश्वका सबैभन्दा अनौठा पात्र लाग्छन् | कुनै पनि अमेरिकी नागरिकले अमेरिकाको आलोचना गर्दैन तर इतिहासका विषयहरूलाई इतिहासझैँ लिन्छ तर नेपालका मोडीफाइड नागरिकहरूले इतिहासका कथाहरूलाई वर्तमान ठानेर झूटो प्रायश्चित्तको अभिनय गर्छन् | चिनीयाहरूले आफ्नो मौलिक परिचयसँग नाता…
Read More