health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
झापा- झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी छन्।
शनिवार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गङ्गालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।
टाउकोमा रड प्रहार गरिएका माझीलाई राति नै बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकोमा उनको मृत्यु भएको थियो। घटना जानकारीमा आउने बित्तिकै खटिएको प्रहरी टोलीले राजवंशीलाई फलामको रडसहित पक्राउ गरेको केसीले बताए।
घटनाको कारण पुरानो ‘रिसिइबी’ रहेको खुलेको छ। राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ।