Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी !

*अशोक शर्मा
अन्ततः मैले पूर्णबहादुरको सारङ्गी फिल्म हेरेँ । डा शिवशङ्कर बस्यालको सङ्ग्रामपुर उपन्यास भने अलि अगाडि नै पढिसकेको थिए । फिल्म हलमै गएर हेर्नुको तात्पर्य चाहिँ सङ्ग्रामपुर उपन्यास सँग यसका विषय र प्रसङ्ग कति मिल्छन् ? अथवा त्यो फिल्मले उक्त उपन्यासको अनुकरण गर्याे वा गरेन ? भन्ने कुरासँग सम्बन्धित थियो । यस विषयमा केही चर्चा गर्दा उपयुक्त होला ।
प्रथमतः डा. शिवशङ्कर बस्यालद्वारा लिखित सङ्ग्रामपुर उपन्याससँग यसका कथावस्तु मिले कि मिलेनन् यो सवालमा फिल्म निर्माणका प्रमुख पात्रले नै पूर्णबहादुरको सारङ्गी सङ्ग्रामपुर उपन्यास सँग मिल्न जानू हाम्रो नियत नभएर संयोग मात्र हो भनिसके पछि उक्त फिल्म सो उपन्यासको कथावस्तुसँग मिल्दैन कि भन्ने प्रश्नको हल भइसक्यो । फिल्म आम मानिसहरूको बिचमा पुगिसकेको स्थितिमा त्यसको बारेमा धेरै चर्चा गरिरहन परेन। सङ्ग्रामपुर उपन्यासको मूल विषयवस्तु हेर्दा विषय आफै स्पष्ट होला जस्तो लाग्छ ।
डा शिवशङ्कर बस्यालद्वारा लिखित सङ्ग्रामपुर उपन्यास पूर्ण बहादुरको सारङ्गीमा गरिब गन्धर्व जातीमाथि भएको र थोपरिएको जातीय विभेद र उत्पीडन जस्तै एउटा गरिब मजदुर( भरिया) वर्गमाथि थोपरिएको विभेद र उत्पीडनमा आधारित छ । उक्त उपन्यासमा रूपमान भन्ने भारी बोक्ने मजदुर पुस्तौँदेखि गाउँका सामन्त मुखिया र ठालुहरूको अत्याचार र उत्पीडनको सिकार हुँदै आइरहेको हुन्छ। समय क्रममा उसको विवाह हुन्छ र समीर नाम गरेको छोरो जन्मिन्छ। सुरुवाती चरणमा रूपमान छोरोलाई पनि आफूजस्तै सुयोग्य र कर्मठ मजदुर( भरिया) बनाउन खोज्छ, जुन कुरा उसकी श्रीमतीलाई मन पर्दैन । यही अन्तरविरोधकाे बिचमा श्रीमतीले रहस्यमय ढङ्गले रूपमानलाई छोडेर जान्छे भने छोराको सम्पूर्ण जिम्मेवारी रूपमानले बहन गर्न थाल्छ। समय क्रममा रूपमानले गाउँका सामन्त, ठालु र मुखियाहरूका अगाडि छोरा समीरलाई पढाएर ठुलो मान्छे बनाएर देखाउने दृष्टिकोण बनाउँछ । परिणामस्वरूप मुखिया खलकको घृणा, तिरस्कार र अपमान सहँदै भए पनि समीर गाउँको स्कुलबाट टप विद्यार्थी बन्न सफल हुन्छ । आफू स्कुल टप भएपछि दौडँदै घर आएर समीरले आफू परीक्षामा प्रथम भएको उसको बुबा रूपमानलाई बताउँछ । छोराको यो सफलताबाट रूपमान खुसी हुँदै छोरालाई उच्च शिक्षा पढ्न र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले भारी बोकेरै भए पनि उठाउने प्रतिबद्धता प्रकट गर्दछ । बाबुको उमेर अवस्था गरिबी र अभावको कारण समीर मेडिकल शिक्षा पढ्न इन्कार गर्छ यद्यपि रूपमानले मेडिकल शिक्षा पढ्न असाध्यै जोर जबरजस्ती गरेपछि छोरो समीर उच्च शिक्षा पढ्न सहर जान्छ र मेडिकल शिक्षा अध्यायनकाे लागि उसले नाम निकाल्छ । समीर मेडिकल शिक्षामा पनि सर्वोत्कृष्ट भएर पुरस्कृत हुन्छ र पढाइ पूरा गरेर गाउँ फर्कन्छ। तर गाउँको सामाजिक अवस्थामा परिवर्तन नआएको एवं स्थानीय सामन्त, ठालु, मुखिया र तिनका सन्तानको ज्यादती, उत्पीडन र अत्याचारको विरुद्ध समीरले विद्रोहको आवश्यकता देख्छ । समीर यसप्रकारकाे समाजमा जरो गाडेको परम्परागत दासतापूर्ण जिन्दगीको अन्त्य र मुक्त आकाश मुनिको स्वतन्त्र जीवनको अपेक्षा सहित क्रान्तिकारी भएर वर्गसंघर्षमा होमिन्छ । ऊ सर्वहारा क्रान्ति मार्फत आमूल परिवर्तन पछि मात्र सम्पूर्ण उत्पीडित वर्ग समुदाय बिचको असमानता अन्याय अत्याचार र उत्पीडनको अन्त्य हुने निष्कर्षमा पुग्छ।
यी माथि उल्लेखित सङ्ग्रामपुर उपन्यासका सबै कथावस्तु मिलिसकेपछि र विम्ब र भावमा समेत असाध्यै धेरै एकरूपता कायम भएपछि पूर्णबहादुरको सारङ्गी फिल्म निर्माताले भनेजस्तो संयोग मात्र कसरी हुन सक्छ ? यो समग्र पक्ष हेर्दा यो कुनै संयोग मात्र नभएर नियोजित परिघटना हो भन्न हिचकिचाउनु पर्दैन। पूर्ण बहादुरको सारङ्गीमा सङ्ग्रामपुर उपन्यासको कथावस्तुको नक्कल मात्र होइन नेपाली लोक भाकाको निकै पुरानो र चर्चित गीत “रेलै घुमेर गयो बहिनीको आधि उमेर” को भाका र लयकाे समेत नक्कल गरेको पाइन्छ । यसरी सर्सर्ती हेर्दा यो फिल्मले सोझै प्रतिलिपि अधिकारको हनन गरेको पाइन्छ ।
प्रतिलिपि अधिकार र ऐनको हिसाबले त पूर्णबहादुरको सारङ्गीले गडबडी गरेको छदै छ अझ त्यो भन्दा पनि सङ्ग्रामपुर उपन्यासको मूल विषयवस्तु र त्यसको भावधारालाई नै भ्रमित पार्ने र विभ्रम तुल्याउने कार्य गरेको छ । सङ्ग्रामपुर उपन्यासको कथावस्तुसंगकाे यो फिल्मको विषयवस्तुको अन्तर पनि ठिक यहीँ नेर हो । सङ्ग्रामपुर उपन्यासको पात्र समीरले मेडिकल शिक्षामा सफलता प्राप्त गरेपछि सहरबाट गाउँ फर्केर त्यहाँका स्थानीय सामन्त, मुखिया र उनका दरसन्तानकाे ज्याजतीवाट सिङ्गो समाजलाई मुक्ति दिनुपर्ने निष्कर्षमा पुग्छ र आफ्नो वर्गको मुक्ति र स्वतन्त्रता सर्वहारा क्रान्ति र वर्गसंघर्षवाट मात्र सम्भव हुने अठोटमा पुग्छ। त्यसपछि समीर क्रान्तिकारी बन्छ र सर्वहारा क्रान्तिमा होमिन्छ । तर पूर्णबहादुरको सारङ्गीमा कमलले मेडिकल शिक्षामा उत्तीर्ण गरेपछि गाउँ फर्कन्छ, क्रान्तिलाई अस्वीकार गर्छ, आफ्ना मृतक बाबु, पुर्खा र उनीहरूको पेसातिर फर्कन्छ र आफ्नो प्रगतिप्रति निराशा प्रकट गर्दै आफ्नो ( सन्तान) छोरीलाई आफ्नो पुर्खौली पेसा र सारङ्गी प्रति गर्व गर्दै त्यसको निरन्तरताको पक्षमा लाग्न, रहन र उभिन प्रेरित गर्छ । संगारमपुर उपन्यासको समीरमा आफ्नो वर्गको मुक्ति र स्वतन्त्रता प्रतिको खुला आकाश र नवीन बिहानीमाथि ठुलो आशा विश्वास र भरोसा पैदा हुन्छ र क्रान्तिकारी आशावादले ओतप्रोत समीर सर्वहारा वर्गको मुक्तिको निमित्त क्रान्तिमा हाम फाल्छ तर पूर्णबहादुरको सारङ्गी फिल्मको कमलले उज्यालो भविष्य र मुक्ति र स्वतन्त्रताको नवीन बिहानीप्रति कुनै सरोकार राख्दैन, जीत र भविष्यप्रति आसावादी बन्न सक्दैन र अन्ततः उसले यथास्थितिवादी र पश्चगामी यात्रा तय गर्छ । समग्रतामा पूर्णबहादुरको सारङ्गी फिल्ममा सामाजिक अन्तर्विरोध सम्बन्धी वाद विवाद छ तर संवादको ढोका बन्द गरिएको छ । सामाजिक अन्तरविरोधकाे बारेमा छलफल र बहस छ तर त्यसमा निष्कर्ष समेटिएको छैन। अर्थात् सामाजिक चरित्र र अन्तरविरोधकाे विश्लेषण छ तर संश्लेषणको सिङ्गै पाटो छुटेको छ ।
सारत पूर्णबहादुरको सारङ्गी फिल्मको विषयवस्तु सङ्ग्रामपुर उपन्यासको नक्कल गरिएको र त्यसको अन्तर्वस्तुलाई नै वैचारिक, सांस्कृतिक र साहित्यिक ढङ्गले बिद्रुप पारिएको देखिन्छ। अन्तिममा यति भन्न सकिन्छ कि उक्त फिल्मले संग्रमपुर उपन्यासको कथावस्तु सँगसँगै त्यसको अन्तर्वस्तु ( सार अथवा निष्कर्ष) लाई समेत समेट्न सकेको भए त्यो एक राम्रो क्रान्तिकारी र प्रगतिशील फिल्म बन्न सक्ने थियो। तर अरूको कृत्तिको अन्ध नक्कल गरेर आफ्नो बनाउने चक्करमा फिल्मले त्यो भूमिका र गरिमाको सांस्कृतिक साैन्दर्यतालाई गुमाउन पुगेको छ । जसको कारण यो फिल्म नेपाली जनताको मन मस्तिष्कमा बस्न सक्नुको अतिरिक्त उत्तर दिनै नसक्ने वा दिएर नसकिने प्रश्नै प्रश्नको चाङमाथि समेत उभिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...