Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी !

* सरोज न्यौपाने, स्ट्रगल
प्रदर्शनको १६ औँ दिनमै ३० करोड हाराहारीमा व्यापार गरिसकेको नेपाली चलचित्र इतिहासकै कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरियो । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा तरङ्ग नै पैदा गरिरहेको `पूर्णबहादुरको सारङ्गी´ ०३० को दशकदेखि ०६० को मध्ये( ०३६ सालको जनमत सङ्ग्रहदेखि ०६२/६३ को जनआन्दोलनसम्म) दशकसम्मको नेपाली समाज र खास गरी ग्रामीण परिवेशका विविध आयामहरूको दुरुस्त चित्रसहितको पूर्ण दस्ताबेज नै हो ।
 एक जना गन्धर्व समुदायका पिताले आफ्नो छोरालाई डक्टर बनाउन गन्धर्व पेसामार्फत गर्दै गरेको सङ्घर्ष, त्यस क्रममा पूर्णबहादुरले भोग्नुपरेको दुःख, सहनु परेको अपमान र खप्नुपरेको कष्टलाई बडा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । आजको चलचित्र उद्योगमा सुनामी नै ल्याउन सफल `पूर्णबहादुरको सारङ्गी´ साँचो अर्थमा भन्दा राम्रो छ । साधारण कथालाई विशिष्ट ढङ्गबाट उठान गरेर एकसाथ मानवीय समवेदनालाई जागृत गर्दै मान्छेको मस्तिष्कमा कम्पन सिर्जना गर्न सक्ने र दिलमा हिर्काएर आँसु झार्ने दम जोकोही चलचित्रले राख्दैन । त्यो तागत कथावस्तु/कन्टेन्टका हिसाबले, निर्देशकीय क्षमताका हिसाबले, कथा र घटनाको सिलसिलाका हिसाबले र मुख्यतः पूर्णबहादुरको चरित्रमा विजय बराल र अतिथि कलाकार जस्ता देखिने प्रकाश सपुतको जीवन्त अभिनयले राख्दछ ।
तुलनात्मक रूपमा औसत लगानीमा बनेको यस चलचित्रले कैयौँ दक्षिण भारतीय चलचित्र र सारा नेपाली चलचित्रलाई चुनौती मात्रै दिएन, उनीहरूमाथि हाबी भयो र नयाँ कीर्तिमान तथा इतिहास नै रच्न सफल भयो । यो नेपाली चलचित्र क्षेत्रका लागि ज्यादै सुखद कुरा हो । स्वाभाविक रूपमा चलचित्र व्यावसायिक हिसाबले नै निर्माण गरिन्छ । तर, यस चलचित्रले व्यावसायिकताको परिधिभन्दा बाहिर गएर समाजलाई शिक्षा र चेतनाको क्षेत्रमा लगानी गर्न र त्यसका मार्फत स्वाभिमान प्राप्त हुने सन्देश प्रवाह गरिएको छ । तत्कालीन समयको पारिवारिक तथा सामाजिक मुद्दा र आंशिक रूपमा राजनैतिक मुद्दालाई जसरी उठाइएको छ, त्यो सशक्त छ, बेजोड छ ।
एक जना पिताले छोराको शिर नझुकोस् भनेर गरेको त्याग र सङ्घर्षको साधारण कथावस्तुमा एउटा अद्भुत चलचित्र बनेको पाएँ । यसमा छुटाउन नहुने अर्को पाटो पनि छ- त्यो हो बाटुलीको विद्रोह ! जसले आफ्नो श्रीमानले पुर्ख्यौली पेसाका कारण समाजबाट भोग्नुपरेको उपेक्षालाई देखेर आफ्नो छोरो पनि उस्तै व्यवहार खेप्नु नपरोस्, उस्तै जीवन बाच्नु नपरोस् भन्नका खातिर बाटुलीले आफ्नो श्रीमान्, ससुरा बुवा र समाजसँग गरिरहेको विद्रोह चर्चायोग्य छ । छोरालाई योग्य, असल र स्वाभिमानी बनाउन उनले जुन बाटो अपनाएकी छिन्, त्यसमा मेरो साधुवाद नै छ । किनकि, बाटुली तत्कालीन समाजका लागि प्रतिपक्षी हुन् र साँचो अर्थमा क्रान्तिकारी तथा विद्रोही आमा हुन् । शिक्षा र चेतनाका मार्फत नै छोरालाई स्वाभिमानी बनाउन सकिन्छ भन्ने विश्वास बाटुलीमा छ । त्यो बडा बेजोड लाग्यो मलाई !
सँगसँगै ! पूर्णबहादुरको सारङ्गीले जुन लोकप्रियतासँगै व्यावसायिक सफलता प्राप्त गरेको छ, त्यसको लागि चलचित्र निर्माण र त्यसमा संलग्न टिमलाई बधाई नै छ । मैले सोचेको १० मा १० नै त होइन, ८ नम्बर दिँदा न्यायोचित नै होला । यो दुई नम्बर मैले कमल गन्दर्भकी आमामाथि लेखक र निर्देशकले गरेको अन्याय र शिक्षकलाई नै खलनायकका भूमिकामा उभ्याउनुले घटाइदिएको हुँ । अङ्क नघटे पनि कथावस्तु र घटनाक्रमको सिलसिलामा कहीँ-कहीँ तालमेल नमिलेजस्तो महसुस गरेँ । र मुख्य कुरा चलचित्रको अन्त्य सुखद (Happy Ending) हुनुपर्थ्यो भन्ने हो । मैले महसुस गरेको कुरा नमिल्न पनि सक्छ भनेर त्यसलाई पुरा अङ्क नै दिइयो ।
यति सुन्दर, चर्चित र कीर्तिमानी चलचित्रका निर्देशक प्यूठानी छोरा आदरणीय सरोज पौडेल सरलाई विशेष बधाई !

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...