Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2025 - Page 10 of 14 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2025

समुद्रमा मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार

समुद्रमा मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार

काठमाडौँ, १८ माघ ।  वैज्ञानिकहरू निरन्तर नयाँ संसार र जीवनको खोजीमा लागिरहेका छन्। तिनीहरूको अन्वेषण अन्तरिक्षमा जारी छ, तर यो पहिलो पटक हो कि वैज्ञानिकहरूले पृथ्वीको मुनी नयाँ संसार फेला पारेका छन्। वास्तवमा, स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्रशान्त महासागरमा रहस्यमय ठाउँहरू पत्ता लगाएका छन्। जसलाई उनीहरूले ‘डुबेको संसार’ भनेका छन् ।   वैज्ञानिकहरूका अनुसार देखिने यी धब्बाहरू पृथ्वीको आवरण बन्ने समयमा बनेको हुनुपर्छ । यसको मतलब तिनीहरू लगभग ४ अरब वर्ष पहिले गठन भएको हुनुपर्छ। पृथ्वीको पहिलो आवरण बनाउँदा यसको क्रस्ट पनि बनेको हुन सक्ने अनुमान गरिएको छ । तर, वैज्ञानिकहरूले यसको पहिचानबारे केही भन्न अस्वीकार गरिरहेका छन् । उनी भन्छन् कि…
Read More
इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या

इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या

काठमाडौँ, १८ माघ । इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा हत्या गरिएको छ ।   स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीवारिको सूचना पाएपछि स्विडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।   मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सिसिटिभीमा कैद भएको बताइएको छ किनभने यो गोलीबारी हुनु केही समय अघि लाइभ स्ट्रिममा आएको बताइएको छ। मृत्यु हुनेमा ३८ वर्षीय सलवान मोमिका रहेको प्रहरीले पुष्टि गरेको छ ।   मोमिकालाई लगातार इराकी कुरान जलाएकोमा ज्यान मार्ने धम्की आइरहेको थियो । सन् २०२३ को इद उल अजहा (बकर इद) भन्दा ठिक अघि उनले स्विडेनमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान जलाएका थिए ।…
Read More
गीताको दर्शन के हो ?

गीताको दर्शन के हो ?

* * गोविन्दशरण उपाध्याय म गीता पढ्छु | गीता पढेर मनन गर्छु | मलाई गीता पढेर मन परेको हो | गीता पढेपछि मन पर्छ | गीताले कसैलाई जोर जवर्जस्ती गर्दैन | गीताले मार्गदर्शन गर्छ | मान्छेको बौद्धिक स्वतन्त्रतामा हस्तक्षेप गर्दैन | गीताले सधैं निर्णयको स्वतन्त्रता दिन्छ | गीताले गीतासँग असहमत हुने स्वतन्त्रता दिन्छ | गीताको केन्द्रीय विषयहरू विवेक, आस्था र कर्म हुन् | मान्छेसँग कर्मको विकल्प छैन | मान्छेसँग आस्थाको विकल्प छैन | मान्छेसँग बुद्धिको विकल्प छैन | ज्ञान, कर्म र भक्ति एकआपसमा जोडिएका छन् | ज्ञानका लागि, कर्मका लागि आस्था र आस्थाका लागि ज्ञान चाहिन्छ | तर कुनै आस्थामा…
Read More
मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली

मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन् ।   नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउँदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको समेत ओलीले बताए । त्यसैका लागि एमाले र काँग्रेसको सरकार बनेको उनको दाबी छ । सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसद्मा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारेका छन् ।…
Read More
क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी

क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी

विराटनगर - वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौँ ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्। यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्। पक्राउ परेकालाई प्रहरीले मङ्गलवार…
Read More
प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाल भाषाका स्रष्टा सम्मानित 

प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाल भाषाका स्रष्टा सम्मानित 

काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागको तत्त्तवाधनमा प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा 'नेपाल भाषाका स्रष्टाहरूलाई कदर पत्र समर्पण' गरियो ।  माघ १० गतेका दिन नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्दै नेपाल भाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुराएका स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः,नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य,नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा. तुयुबहादुर महर्जन,मथुरा साय्मि,अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजूँ गरी १२ जनालाई नगदसहित कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो। यस अवसरमा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषा प्रति अनुदार रहेको समयमा पनि नेपाल भाषा र साहित्यको साधना गर्नु भनेको खास चुनौती ,अभियान र आन्दोलन…
Read More
प्रचण्डको अपिल: `हामी गल्ती सच्चाउँछौँ, ०८४मा बहुमत दिनुहोस्´

प्रचण्डको अपिल: `हामी गल्ती सच्चाउँछौँ, ०८४मा बहुमत दिनुहोस्´

दाङ,माघ ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् ।   माओवादी केन्द्रले  तुलसीपुर नगर कमिटीले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। अध्यक्ष प्रचण्डले भने -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा…
Read More
लेनिन स्मृति शतवार्षिकीका कार्यक्रमहरू लेनिन दिवससम्म निरन्तरता हुने

लेनिन स्मृति शतवार्षिकीका कार्यक्रमहरू लेनिन दिवससम्म निरन्तरता हुने

काठमाडौँ/विश्व कम्युनिस्ट आन्दोलनका प्रसिद्ध नेता तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको सय वर्ष नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ‘लेनिन स्मृति शतवार्षिकी’ समितिले अघिल्लो वर्ष जनवरी २१ देखि सुरु गरेको अभियानको समापन शुक्रवार (माघ ११ गते) काठमाडौँमा गरेको छ। समापन कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)का महामन्त्री  मोहनविक्रम सिंह, प्रसिद्ध साहित्यकार नारायण ढकाल, शतवार्षिकी अभियानका संयोजक निनु चापागाईँ, राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक लोकनारायण सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा मोहनविक्रम सिंहले कम्युनिस्टहरू नै मार्क्सवाद–लेनिनवादको दर्शनबाट विचलित भएकाले समाजवादी व्यवस्था पतन भएको जिकिर गर्नुभयो। उहाँले मार्क्सवादी दर्शन र लेनिनवादी सङ्गठन प्रणालीका आधारमा सङ्गठित भएर समाजवादी क्रान्ति भएको तर पछिल्लो…
Read More
७७औँ परिसंवाद कार्यक्रम सम्पन्न 

७७औँ परिसंवाद कार्यक्रम सम्पन्न 

माघ ११, काठमाडौँ । किसान अधिकार र कृषि साहित्य विषयमा ७७औँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमको विषयवस्तु प्रस्तोता किसान नेता भैरव रेग्मी हुनुहुन्थ्यो । माघ ११ गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा नेता रेग्मीले किसानलाई राज्य व्यवस्थाले अवहेलना गरिरहेको सन्दर्भमा ‘किसानका वेदनाहरू समेटेर साहित्यको सिर्जना गर्नुपर्ने’ बताउनुभयो – ‘प्रलेसजस्तो सांस्कृतिक मोर्चाले किसान अधिकारलाई सम्बोधन गर्दै बढी भन्दा बढी कविता, कथा, गीतहरूका साथै दार्शनिक रूपमा पनि चर्चा गर्नुपर्दछ ।’ किसानका उत्पादनलाई प्रयोग गर्ने तर प्रयोग गरिसकेपछि उनीहरूको श्रमलाई बिर्सनु दुःखद विषय भएको बताउँदै किसान नेता रेग्मीले ‘बिचौलिया संस्कृति बलियो हुँदै जाँदा देशका…
Read More
ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने

ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने

न्युयोर्क, १० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।   न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अवैध आप्रवासी पक्राउ परेका हुन् । यी गैर कानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ।   होमनले बुधवार भने कि अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका छन्। उनीहरूको जनसङ्ख्या ७ लाखभन्दा बढी रहेको छ, जो पक्राउ गर्नका लागि छापामारी सुरु भएको…
Read More