Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
गीताको दर्शन के हो ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

गीताको दर्शन के हो ?

*
* गोविन्दशरण उपाध्याय
म गीता पढ्छु | गीता पढेर मनन गर्छु | मलाई गीता पढेर मन परेको हो | गीता पढेपछि मन पर्छ | गीताले कसैलाई जोर जवर्जस्ती गर्दैन | गीताले मार्गदर्शन गर्छ | मान्छेको बौद्धिक स्वतन्त्रतामा हस्तक्षेप गर्दैन | गीताले सधैं निर्णयको स्वतन्त्रता दिन्छ | गीताले गीतासँग असहमत हुने स्वतन्त्रता दिन्छ |
गीताको केन्द्रीय विषयहरू विवेक, आस्था र कर्म हुन् | मान्छेसँग कर्मको विकल्प छैन | मान्छेसँग आस्थाको विकल्प छैन | मान्छेसँग बुद्धिको विकल्प छैन | ज्ञान, कर्म र भक्ति एकआपसमा जोडिएका छन् | ज्ञानका लागि, कर्मका लागि आस्था र आस्थाका लागि ज्ञान चाहिन्छ | तर कुनै आस्थामा बलियो हुन्छ | कुनै कर्ममा बलियो हुन्छ र कुनै बुद्धिमा | मान्छेले आफ्नो स्वभाव आफैले चिन्ने हो | मान्छेले आफ्नो लागि पूर्ण स्वतन्त्रताको मार्ग आफै रोज्ने हो |
श्रीकृष्णको जीवन दर्शन नै स्वतन्त्रताको पूर्ण अभ्यासमा आधारित छ | श्रीकृष्णलाई सुन्ने व्यक्ति कट्टरपन्थी हुनै सक्दैन | श्रीकृष्णलाई बुझ्ने व्यक्ति पूर्वाग्रही हुनै सक्दैन | श्रीकृष्णले जिज्ञासा सिकाएका छन् | गीताले जस्तोसुकै जिज्ञासाको शालीनतापूर्वक उत्तर दिन सिकाएको छ | सिकेको कुरा, जानेको कुरा, बुझेको कुरा स्वीकार गर्ने वा नगर्ने व्यक्तिको निजत्व भएको (गीता १८/६३) प्रत्याभूति गीताले दिन्छ | गीतामा कुनै जवर्जस्ती छैन तर कर्तव्यपालन गर्ने प्रेरणा छ | गीताका लागि हरेक व्यक्ति कर्तव्यसँग प्राकृतिक रूपमा बाँधिएको छ |
मैले गीता पढ्दा कसैले मलाई हिन्दु भएको बुझ्ला, कट्टरपन्थी भएको बुझ्ला, पूर्वाग्रही भएको बुझ्ला – यो बुझाई गीता नपढ्नेको वा गीताको आदर्शलाई पश्चिमा स्वच्छन्दतावादको आँखाले हेर्नेको हो | मलाई गीता पढेर स्वतन्त्रता प्राप्त भएको छ | स्वतन्त्रता नियमभित्र हुन्छ | स्वच्छन्दता अराजकता हो | अराजकहरूले गीता बुझ्न चाहन्नन् | गीता धार्मिक प्रवचन होइन | गीता धर्म र धार्मिकता भन्दा धेरै थोक हो | बहुलतावादमा प्राकृतिक आस्था राख्नेले गीता सजिलै बुझ्छन् | एकलकाँटे माइन्ड-सेट भएकाका लागि गीता बन्धन हो | अर्काका विचारको सम्मान गर्न नसक्नेहरूका लागि गीता “अधर्म” हो | गीताले भन्छ अधार्मिक त्यो हो जसले विवेकीय स्वतन्त्रताको सम्मान गर्न सक्दैन |
मेरो लागि सङ्कल्प र निर्णयको स्वतन्त्रता र परम स्वतन्त्रतामा (मोक्ष) अन्तरसम्बन्ध छ | “मेरोवादी”हरूले यो तत्थ्य बुझ्न सक्दैनन् | “पुस्तक”मा पूर्वाग्रह भएकाले गीताको कुरा बुझ्न सक्दैनन् | धर्म र रिलिजनमा फरक नदेख्नेले गीता बुझ्न सक्दैनन् | धर्मनिरपेक्षताको नाममा कट्टरपन्थीहरूलाई धर्मनिरपेक्ष मान्ने आँखाले गीता बुझ्न सकिन्न | गीता पढ्नेहरू, बुझ्नेहरू कर्तव्यका लागि बलिदान दिन्छन् | आफ्नो पूर्ण स्वतंत्रताका लागि साधना गर्छन् | लोककल्याणका लागि कर्म गर्छन् | समत्व प्राप्तिका लागि अभ्यास गर्छन् |
मेरा लागि गीता पढ्नु पूर्ण स्वतन्त्रताको अभ्यास हो | समत्वको साधना हो | विश्व र आत्म कल्याणको तपस्या हो | मेरो लागि गीता विवेकीय स्वतन्त्रताको वैश्विक घोषणापत्र (Universal manifesto of mental freedom) हो | कार्ल मार्क्सको साम्यवादी घोषणापत्रले कम्युनिस्ट बन भन्छ, कुरानले मुस्लिम बन भन्छ, बाइबलले इसाई बन भन्छ, त्रिपिटकले बौद्ध वन भन्छ तर गीताले “तिमी जे चाहन्छौँ त्यही बन (गीता १८/६३) भन्छ | साथसाथै प्रकृतिले प्रदान गरेको यस्तो विवेकीय स्वतन्त्रता नचिन्ने व्यक्ति पराधीनताको चक्रमा फसेर नष्ट हुने चेतावनी (गीता १८/५८) दिन्छ | मानवको बुद्धि र बुद्धिजन्य स्वतन्त्रताप्रति मेरो समर्पण छ  ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...