Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2025 - Page 14 of 14 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2025

अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्त्वपूर्ण खनिज पृथ्वीमा ल्याइने

मेलबर्न, १८ पुस । यस दशकको अन्त्यसम्ममा विभिन्न देशहरू र निजी कम्पनीहरूले चन्द्रमाको सतहमा उत्खनन गर्ने देखिएको छ ।     नासाको अर्ब डलरको 'आर्टेमिस' कार्यक्रम चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउने मात्र होइन, यो पनि खानी सञ्चालनको लागि बाटो बनाउने बारे हो। हाल, अन्तरिक्ष अन्वेषणका लागि सबै सामग्रीहरू पृथ्वीबाट पठाइन्छ, पानी र इन्धन जस्ता आवश्यक वस्तुहरू अत्यन्त महँगो हुने गर्दछ। चन्द्रमामा एक लिटर पानी पुगेपछि यसको मूल्य सुनभन्दा बढी हुन्छ । तर चन्द्रमामा रहेको पानीको बरफलाई हाइड्रोजन र अक्सिजनमा परिणत गरेर हामी अन्तरिक्ष यानमा इन्धन भर्न सक्छौँ। यसले गहिरो अन्तरिक्षमा यात्रा गर्न सकिन्छ, विशेष गरी मङ्गल ग्रहमा यो धेरै सम्भव देखिएको छ।   चन्द्रमामा दुर्लभ…
Read More
अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

  काठमाडौँ, १७ पुस । अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि विभिन्न चरणमा वार्ता गरिरहेका गौतमले आज नेकपा एसका शीर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन् । ‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने । उनले कार्यकारी राष्ट्रपति, अभिव्यक्ति स्वतन्त्रता र केन्द्रीय समितिका सदस्यहरू पूर्णकालीन हुनु पर्ने लगायतका सर्त राखेर वार्तामा बसेका थिए । यद्यपि, उनका सर्त पुरा भए वा भएनन् सो भने खुलाइएको छैन । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।  
Read More
भीम रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

भीम रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

  काठमाडौँ - पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्कासनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी भएको बताएका छन्। रावलले पार्टीको आन्तरिक प्रक्रियाबारे प्रश्न उठाउँदै, कुनै पनि सदस्यलाई कारबाही अघि संवाद र छलफल गर्नुपर्ने राजनीतिक परिपाटीको उल्लङ्घन भएको बताएका छन्। साथै, उनले विगतका घटनालाई आधार बनाएर सोधिएको स्पष्टीकरणलाई हास्यास्पद रहेको बताएका छन्। ‘पाँच दशक पार्टीको सेवा र जिम्मेवारी सम्हालेको व्यक्तिसँग छलफल नगरी गरिएको स्पष्टीकरणपूर्वक कारबाही प्रतिशोध र पूर्वाग्रहको उपज हो। तीन वर्षअघिका कुरा निकालेर गरिएको स्पष्टीकरण हास्यास्पद मात्र होइन, नियत…
Read More
विप्लव नेतृत्वको पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

विप्लव नेतृत्वको पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौँ, १६ पुस । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ ।   हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिने भएको छ ।   ‘२०८४ को निर्वाचनमा पार्टी दर्ता गरेर उपयुक्त निर्वाचन लिइनेछ’ सो पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्माले जानकारी दिए । उनका अनुसार फागुन २१ गते देखी झापा–कञ्चनपुरसम्मको जनमार्च गरिने पनि उनले उल्लेख गरेका छन् ।
Read More
आजदेखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु

आजदेखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु

काठमाडौँ । आज १७ पुस २०८१, बुधवार पुस शुक्ल द्वितीया तिथि। आजबाट इस्वी संवत् २०२५ सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको हो। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। सोही अवसरमा आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ। नेपालमा पनि मध्य राति नयाँ वर्षलाई स्वागत गरिएको छ। काठमाडौँको ठमेल, बौद्धलगायत स्थानमा विशेष चहलपहल देखिएको छ।
Read More