Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 2025 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2025

वैदिक दर्शनको दार्शनिक पद्धति

वैदिक दर्शनको दार्शनिक पद्धति

* डा.गोविन्दशरण उपाध्याय वैदिक दार्शनिक चिन्तन र पद्धति दुवै आध्यात्मिक उत्स प्राप्तिको उद्देश्यबाट आरम्भ भएको हुँदा आधुनिक विज्ञानका केही अध्येताहरूले "विज्ञानका दृष्टिकोण"ले वैदिक चिन्तन महत्त्वहीन भएको आरोप लगाएका छन् | खास गरी मार्क्सवादी चिन्तनहरूले मार्क्सवादी चिन्तनलाई सबैभन्दा बढी "वैज्ञानिक" भन्दै अन्य चिन्तनहरूको महत्वलाई होच्याउने प्रयत्न गर्छन् र होच्याएका पनि उदाहरण छन् | के साँच्चिकै वैदिक दार्शनिक (जैन र बौद्धसहित) आधुनिक विज्ञानका दृष्टिकोणले अनुपयोगी नै छन् त ? १. वैदिक दार्शनिक चिन्तनको आरम्भ (Origin of Vedic Theorem) वैदिक दार्शनिक चिन्तनको आरम्भ विश्वको प्राकृतिक अस्तित्वको उपस्थितिप्रति जिज्ञासाबाट आरम्भ हुन्छ | ऋग्वेदका दुई सूक्तहरू : हिरण्य गर्भ सूक्त र नासदीय सूक्त यसका उदाहरण…
Read More
प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? 

प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? 

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको तेर्हौ सम्मेलन चैत्र २३ र २४ गते काठमाडौँमा हुँदै छ । राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा देशका विभिन्न जिल्लाहरूमा धमाधम सम्मेलन भइरहेका छन्  । ज्ञानघरलाई प्राप्त जानकारी अनुसार हालसम्म ३२ वटा जिल्लामा सम्मेलन भइसकेका छन् । बाँकी जिल्लाहरूमा छिटै सम्मेलन सम्पन्न गरी प्रदेश सम्मेलन सम्पन्न हुनेछ । हालसम्म सम्मेलन भइसकेका जिल्लाहरू- कोसी प्रदेश १) झापा २) सुनसरी ३ं) तेह्रथुम ४) भोजपुर मधेस प्रदेश ५) महोत्तरी ६) रौतहट ७) सिराहा ८) धनुषा बाग्मती प्रदेश ९) काभ्रे १०) चितवन ११) ललितपुर १२) भक्तपुर १३) मकवानपुर १४) सिन्धुली १५) धादिङ गण्डकी प्रदेश १६) कास्की १७) गोरखा १८) लमजुङ…
Read More
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले गरयाे ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो

नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले गरयाे ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो

सञ्जय मिश्रा रौतहट ९ फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना प्रकाशमा आएको छ। नेपाली भूमिमा प्रवेश गरी एसएसबिका जवानले गरेको अन्धाधुन्ध लाठी प्रहारबाट सर्लाही बलरा नगरपालिका ३ का महेन्द्र रायको १८ वर्षीय छोरा गोलु राय यादवको खुट्टा गुमिएको पीडित परिवारले जनाएको छ। गोलु राय यादव ३ दिन अघि गत ७ गते मङ्गलवार बिहान ११  बजे सीमावर्ती भारतीय बजार बसविट्टाबाट घरायसी सामान चामल, चिनी चामल लिएर विआर ३० टी ९५५३ नम्बरको मोटरसाइकलमा घर फर्किरहेका थिए। सोही क्रममा सीमामा तैनाथ एसएसबीका जवानहरूले सामान चेकजाँच गर्न मोटरसाइकल रोक्न खोज्दा तीव्र गतिको कारण नरोकिए…
Read More
७८औँ परिसंवाद कार्यक्रम सम्पन्न

७८औँ परिसंवाद कार्यक्रम सम्पन्न

फागुन १०, काठमाडौँ । मार्क्सवादी दृष्टिमा भगवद्गीता विषयमा ७८औँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमको विषयवस्तु प्रस्तोता प्राज्ञ डा.कृष्णराज अधिकारी हुनुहुन्थ्यो । फागुन १० गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा प्रलेसका सल्लाहकार समेत रहेका प्राज्ञ अधिकारीले नेपालमा मार्क्सवादी दृष्टिबाट भगवद्गीताको परिचर्चा गर्ने नगरिएको बताउँदै भौतिकवादी दृष्टिबाट रामायण, महाभारत लगायत सबै प्राचीन ग्रन्थहरूको विश्लेषण गरिरहनुपर्ने बताउनु भयो । वहाँले अगाडि भन्नुभयो, भगवद्गीता आफै दर्शन नभएर त्यति बेलाका विभिन्न दर्शनहरूको सार हो । आद्य इतिहास अर्थात् प्रारम्भिक कृषि युगको अवधिमा गीताको रचना गरिएको बत्ताउँदै प्राज्ञ अधिकारीले बहूदेवबाट अगाडि बढ्दै एकदेववादको रूपमा कृष्ण भगवान्लाई स्थापित…
Read More
हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलन हुन लागेकामा खुसी प्रकट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताएका हुन्। उनले यसै हिमवतखण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादुर्भाव भएको प्रसङ्ग उल्लेख गर्दै धर्तीको यो भूभाग त्रेता युगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए। आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यानमार, भुटान, चीन,…
Read More
युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौँ : मह जोडी

युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौँ : मह जोडी

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरूमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महाजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘हिजोआज सामाजिक सञ्जालमा महाजोडीले युएसएआइडीको पैसा लिएर धर्म विरोधी काम र प्रचार गर्‍यो भनेर अनर्गल प्रचार गरिएको छ । हामीलाई आफ्नो हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौँ । जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन् । यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर…
Read More
नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड

नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड

गोरखा - पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो’ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन्। गोरखाको पालुङ्टार नगरपालिका-१० मा बिहीबारदेखि सुरू भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। ‘जल, जमिन, जङ्गल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकेको देश हो,’ नेपाल प्राकृतिक रूपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,  ‘तर, एकथरी मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ। यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम…
Read More
यी तीन प्रकारका तेल, जसको प्रयोगले अनुहारमा देखिन्छ चमक

यी तीन प्रकारका तेल, जसको प्रयोगले अनुहारमा देखिन्छ चमक

काठमाडौँ, ३० माघ । हामी अनुहारमा धेरै रासायनिक उत्पादनहरू प्रयोग गर्छौँ तर कहिलेकाहीँ छालामा प्राकृतिक चीजहरूको प्रभाव झन् बढी राम्रो हुन जान्छ।   प्राकृतिक चीजहरूले छालालाई भित्रबाट सुधार्न काम गर्छ, यी छाला सम्बन्धी समस्याहरू कम गर्न प्रभावकारी हुन्छन् र छालालाई केमिकलले हुने क्षतिबाट बचाउँछ। यहाँ उल्लेख गरिएको तेलहरू तिनीहरूको एन्टी एजिंग गुणहरूको लागि परिचित छन्।   यी तेलबाट छालालाई राम्रो मात्रामा एन्टि अक्सिडेन्ट पनि प्राप्त हुन्छ। जसले छालालाई फ्री रेडिकलले हुने क्षतिबाट जोगाउँछ । साथै, छालामा चाउरीपना कम देखिन्छ, छालामा नमी रहन्छ, कोलाजेन बढाउन मद्दत गर्दछ, सुजन कम हुन्छ र छालालाई बाह्य तत्त्वहरूबाट पनि सुरक्षित राख्छ।   उसो भए जान्नुहोस्…
Read More
तनहुँमा शिक्षिकाले तातो पन्युँले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले

तनहुँमा शिक्षिकाले तातो पन्युँले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले

काठमाडौँ - कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युँले डामेकी छिन्। भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ बर्सिया सुषमा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत एक बालकलाई खाना पकाउने पन्युँले गालामा डामेर घाइते बनाएकी हुन्। मङ्गलवार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै सजाय दिने बहानामा तातो पन्युँले बालकको गालामा डामेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बताए। ‘शिक्षिकाले गालामा पन्युँले डाम्दा बालक घाइते भएको भनी सामाजिक सञ्जालमा प्रसारण भएपछि शिक्षिकालाई पक्राउ गरिएको छ,’ अधिकारीले भने। शिक्षिका श्रेष्ठले अन्य दुई जना विद्यार्थीलाई समेत सोही प्रकृतिले डामेको खुलेको छ। यसरी शिक्षिकाले…
Read More
पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु

पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ - काठमाडौँको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले बताए। बुधवार अपराह्न ४:५० बजे काठमाडौँ शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको  स्कुल बस ब्रेक फेल भएर दुर्घटनामा परेको बोहराले बताए। दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए।
Read More