health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

सञ्जय मिश्रा
रौतहट ९ फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना प्रकाशमा आएको छ।
नेपाली भूमिमा प्रवेश गरी एसएसबिका जवानले गरेको अन्धाधुन्ध लाठी प्रहारबाट सर्लाही बलरा नगरपालिका ३ का महेन्द्र रायको १८ वर्षीय छोरा गोलु राय यादवको खुट्टा गुमिएको पीडित परिवारले जनाएको छ।
गोलु राय यादव ३ दिन अघि गत ७ गते मङ्गलवार बिहान ११ बजे सीमावर्ती भारतीय बजार बसविट्टाबाट घरायसी सामान चामल, चिनी चामल लिएर विआर ३० टी ९५५३ नम्बरको मोटरसाइकलमा घर फर्किरहेका थिए। सोही क्रममा सीमामा तैनाथ एसएसबीका जवानहरूले सामान चेकजाँच गर्न मोटरसाइकल रोक्न खोज्दा तीव्र गतिको कारण नरोकिए पछि जवानहरूले अन्धाधुन्ध उनको खुट्टा माथि लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
एसएसबीले उनलाई लखेट्दै नेपाली भूमिमा प्रवेश गर्दा गोलु मोटरसाइकलसहित लडेका थिए । लडेर खुट्टा भाँचिएको अवस्थामा पनि एसएसबिले लट्ठी बर्साई रहँदा स्थानीयले होहल्ला गरे पछि एसएसबीका जवानहरू त्यहाँबाट भारतीय भूमितर्फ भागेको पीडितले बताएका छन्। गम्भीर प्रकृतिले खुट्टा भाँचिएका गोलुलाई तत्काल एम्बुलेन्सबाट उपचारको लागि वीरगन्ज लैजाँदा त्यहाँ उपचार सम्भव नभएको भन्दै डाक्टरले ललितपुरस्थित वि एन्ड वि अस्पतालमा पठाएको छ ।
वि एन्ड विमा डाक्टरले चेकजाँच गर्दा खुट्टाको भास्कुलर नसा च्यापिएर गम्भीर अवस्थामा रहेकाले दाहिने खुट्टा काटिएको पीडित महेन्द्र राय यादवले दुखेसो पोखेका छन्। हाल पनि गोलुको बि एन्ड वि अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन्।उनले घटनाको दोषी एसएसबिका जवानहरू लाई कारबाहीको दायरामा ल्याउनु पर्ने पीडित परिवारले माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले घटनाको पुष्टि गरेका छन्। घटनाबारे मौखिक जानकारी आएको छ तर औपचारिक रूपमा कतैबाट लिखित नआएको तथा थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन्।
उता एसएसबिको ७१ औँ बटालियनका भ्वाईस कमान्डेन्ट विश्वजित तिवारीले न्युज कारखानासँग कुरा गर्दै बसबिटा बजारबाट सामान लिएर फर्किरहेको नेपाली युवक चढेको मोटरसाइकल दशगजा क्षेत्रमा दुर्घटनामा भएर खुट्टा भाँचिएको जानकारी आएको बताएका छन्। उनले उक्त घटना एसएसबीका २० औँ बटालियन खटिएको क्षेत्रमा भएको हो, जवानहरूको ज्यादती हो होइन त्यसबारे अफिसरसँग सोध बुझ तथा अनुसन्धान भइरहेको जानकारी दिए ।