Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौँ : मह जोडी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौँ : मह जोडी


काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरूमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महाजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् ।

‘हिजोआज सामाजिक सञ्जालमा महाजोडीले युएसएआइडीको पैसा लिएर धर्म विरोधी काम र प्रचार गर्‍यो भनेर अनर्गल प्रचार गरिएको छ । हामीलाई आफ्नो हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौँ । जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन् । यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर जाँच्नु भए हुन्छ ।’

हरिवंश आचार्यले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा सचेतना फैलाउने –मदनबहादुर–हरिबहादुर’ ‘आमा’, ‘असल लोग्ने’ जस्ता टेलिफिल्महरूबाट कुनै धर्म विरोधी प्रचार नगरेको प्रस्ट्याए । ‘यो हामीले युट्युबमा किताबजस्तै छर्लङ्गै हुने गरी राखेका छौँ । त्यहाँ कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र कुनै पनि धर्मको विरोध गरेका छैनौँ। अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ,’ उनले भने ।

हरिवंशले ०५२ मा ‘पञ्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रम गर्दा त्यसमा पण्डित पात्रको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको कुरालाई लिएर पनि भ्रम सिर्जना गरिएको बताए । ‘पण्डित भन्दैमा भगवान् हुँदैन । व्यङ्ग्य पण्डितलाई पनि गर्न पाइन्छ । नेतालाई पनि गर्न पाइन्छ । प्रहरी, डाक्टर, वकिल, सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भन्नु कपोकल्पित कुरा हो,’ उनले भने, ’हामी हाम्रो काममा निरन्तर लागिरहन्छौँ । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...