health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले बताए।
बुधवार अपराह्न ४:५० बजे काठमाडौँ शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको स्कुल बस ब्रेक फेल भएर दुर्घटनामा परेको बोहराले बताए।
दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए।