08
Feb
काठमाडौँ, २४ माघ । आयोजक कतार एसियन कपको फाइनलमा पुगेको छ । बुधवार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो । कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए । त्यसै गरी इरानका लागि सरदार अजमोउन र अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए । एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिवार खेल्ने छ । योसँगै तीन पटक एसियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि जोर्डनले…