health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २४ माघ । आयोजक कतार एसियन कपको फाइनलमा पुगेको छ । बुधवार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो ।
कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए ।
त्यसै गरी इरानका लागि सरदार अजमोउन र अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए ।
एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिवार खेल्ने छ । योसँगै तीन पटक एसियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ ।
यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।