health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

विशाल बस्नेत/न्युज कारखाना
महोत्तरी, २५ माघ । महोत्तरी बर्दिबास-४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ ।
रुघाखोकी, प्रेसर, सुगर जस्ता रोगहरू लागेपछि सोलीघोप्टे वरपरको जङ्गलमा गाउँलेहरू जडीबुटीजन्य वनस्पति खोज्न धाउने गरेको पोखरेल अहिले पनि सम्झन्छन् । उनलाई अझै पनि अस्पताल र स्वास्थ्य चौकीको विश्वास नै लाग्दैन, बरु चिकित्सकहरूको लापरबाहीका घटनाहरू र गलत औषधिको प्रयोगले ज्यान गएको समाचार सुन्दा अचम्म लाग्छ ।
‘यो समाज कता जाँदै छ ? हामी किन हाम्रै घरआगनमा भएका औषधि प्रयोग गर्न हिच्किच्याईरहेका छौ ?’ पोखरेल प्रतिप्रश्न गर्छन् ।
६० वर्षीय पोखरेल मात्र हैन बर्दिबास-४ कै अर्का स्थानीय टेक बहादुर डीमडम पनि स्थानीय सरकार तथा सरोकारवाला निकायको बेवास्ताप्रति चिन्ता व्यक्त गर्छन् । ‘हाम्रो सोलीघोप्टे जङ्गलमा मात्र सय भन्दा बढी जातका जडीबुटी पाईन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ,’ डीमडमले भने, ‘जडीबुटी हबको रूपमा विकास गर्न सकिने यस्ता ठाउँ स्थानीय सरकारको बेवास्तामा पर्नुले झन् दुःख लाग्छ ।’
२०३६ साल देखी यही ठाउँमा बसोबास गर्दै आएका पूर्व वडा अध्यक्ष तथा स्थानीय दिपवहादुर कार्की रचनात्मक व्यवस्थापन गर्न सक्ने जनप्रतिनिधिको अभावले नै यस्ता ठाउँहरू ओझेलमा परेको वताउँछन । आफू वडा अध्यक्ष हुँदा समेत जडीबुटी हबको रूपमा विकास गरी वातावरणीय पर्यटन पर्वद्वंन गर्न निक्कै कोसिस गरेको बताउँदै स्थानीय सरकारको बेवास्ताको सिकार बनेको जिकिर गर्छन् ।
उनी आफैले पनि यस जङ्गलको कयौँ जडीबुटीहरूको प्रयोग गरी रोग निको बनाउँदै आएका छन् । पायलस, फिस्टुला, झाडापखाला, पिनास, ज्वरो जस्ता सामान्य रोगको लागी अस्पताल वा स्वास्थ्य चौकी अहिलेसम्म नगएको वताउछन । ‘म मात्र हैन गाउँ नै जडीबुटीको प्रयोग गरेर स्वस्थ बन्दै आएका हुन् ।’ उनले भने । ‘अव स्थानीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी दिगो आयआर्जनको विकास गर्नुपर्छ ।’
आयुर्वेदिक चिकित्सक इन्द्र महतो पनि जडीबुटी नै जडीबुटी पाइने यो क्षेत्रलाई जडीबुटी हबको रूपमा विकास गर्नुपर्ने तर्क गर्छन् । शनिवार बर्दिबास उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पदयात्रामा सहभागी भएका चिकित्सक महतोले गौशाला नगरपालिकामा रहेको आयुर्वेदिक कलेजलाई सोलीघोप्टे जङ्गलसँग जोडन सकिने धारणा राखे ।
त्यस्तै होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जङ्गलमा पाइने जडीबुटी र मनोरम प्राकृतिक दृश्यहरूलाई पर्यटनसँग जोडेर पर्यटकीय केन्द्रको रूपमा समेत विकास गर्नुपर्नेमा जोड दिए । ‘सोलीघोप्टे पहाड उक्लेर चुचुरामा पुग्दा छुट्टै आनन्द प्राप्त हुँदो रहेछ ।’ उनले भने । ‘नजिकै रहेको बहुचर्चित पंचधुरामाई मन्दिरलाई जोडेर चुरे पदयात्राको रूपमा समेत विकास गर्न सकिने आधारहरू देखियो ।’
बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खडकाले केही दिन देखी पर्यटकीय गन्तव्यको खोजी गरेको बताउँदै नगर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाँउहरुको पहिचान गरी प्रतिवेदन समेत तयार गरिरहेको बताए ।
‘सोलीघोप्टे जङ्गललाई जडीबुटी हबको रूपमा विकास गर्न सकिने पहिचान गरेका छौ ।’ उनले भने । ‘बर्दिबास नगरको उत्तरी क्षेत्रका चुरे कक्षमा हामीले सम्भावनाहरू खोजी गरिरहेका छौ, देखिएका र सम्भावित गन्तव्यहरूलाई कसरी पर्यटनसँग जोडन सकिन्छ भन्ने अर्को गृहकार्य पनि भइरहेको छ ।’
वि.सं. १९९४ सालमा वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने उद्देश्यले वनस्पति गोश्वाराको स्थापना भएको थियो । त्यस पश्चात् वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण तथा दिगो विकास गर्ने उद्देश्यले वि.सं. २०१६ सालमा वनस्पति विभागको पनि स्थापना भयो । वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभागका कर्मचारीहरू परिचालन गरी अहिले कार्य सञ्चालन हुँदै आएको छ तर उचित ध्यान पुर्याउन नसक्दा सोलीघोप्टे जस्ता जङ्गलहरू संरक्षणको पर्खाइमा छन् ।
अझ प्रकृति संरक्षण एवं सदुपयोगको मान्यताअनुरूप पूजा गर्दा प्राणी, वनस्पतिलगायत सम्पूर्ण चराचर जगतको शान्तिको कामना गर्दै …अन्तरिक्ष: शान्ति:, … वनस्पतय शान्ति:…” मन्त्रोच्चारण गर्ने परम्परा छ। जसले जडीबुटीजन्य वनस्पतिको महत्त्व र आवश्यकतालाई प्रमाणित गर्दछ ।