health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो।
रोकाविरुद्ध फेब्रुअरी ५ तारिखमा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन। तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न भने थाल्छ।
डिफ्युजन नोटिस इन्टरपोलसँग आबद्ध राष्ट्रहरूबिच फरार प्रतिवादीलाई पक्राउको लागि समन्वय गर्ने एउटा माध्यम भने हो। रोका सुन काण्डमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङकी श्रीमती हुन्। ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।
साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सारबाट जाँच पास भएको करिब ६० किलो सुन बरामद गरेको थियो। उक्त प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो।
उनीहरूसँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरिएको थियो। सात जनालाई प्रहरीले मुद्दा चलाउन नपर्ने राय दिएको थियो। सुन प्रकरणमा अन्य ४८ जना संलग्न रहेको अनुसन्धानमा खुलेको थियो। बाँकी व्यक्तिहरू फरार रहेको अवस्थामै मुद्दा दर्ता गरिएको थियो।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।
उक्त सुन गाल्दा ६० किलो ७१६ ग्राम भएको थियो। उक्त सुन रेडी ट्रेड प्रालिले ल्याएको ब्रेक सुमा फेला परेको थियो।
सुन तस्करी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई दिइएको थियो।