Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 39 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौँ । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।  यस चरणमा हाई प्रोफाइल नेताहरू गृहमन्त्री अमित शाह, नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्य मन्त्री म सुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला लगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ । तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीस गढ, गोवा,…
Read More
सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगामी अधिवेशन सुरु हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको…
Read More
३४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणको शिलान्यास

३४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणको शिलान्यास

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् । ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ साल अघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रूपमा रहेको र २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनः निर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनः निर्माण ढिलो गरी अगाडी बढेको छ ।   २०७४ को  निर्वाचनपश्चात् भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरू पुनः निर्माण गरेकोमा थन्थु दरबार पुनः निर्माणको काम छलफलमै…
Read More
नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

काठमाडौं, २४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तर्विरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो। नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए। ‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबिच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, 'सत्तारुढ दलमा…
Read More
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज

नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज

काठमाडौँ । नेपालले आज इङल्याण्डको सी  टिमविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुने छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यस खेलका लागि २३ सदस्यीय टोली लिएर इङल्याण्ड पुगेका छन् । नेपाली टिम:  गोलकिपर: किरणकुमार लिम्बु, अभिषेक बराल र विशाल सुनार । डिफेन्डर: छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द । मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बु । फरवार्ड: दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब…
Read More
जसपा फुट्यो की फुटाइयो !

जसपा फुट्यो की फुटाइयो !

काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।  अहिले जसपा फुट्नुलाई स्वाभाविक रूपमा विश्लेषण गर्न सकिँदैन । सत्ता गठबन्धन टुटको सङ्घारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोग मात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । हालको सत्ता समीकरणसँग १५९ मत रहेको र जसपा…
Read More
बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौँ, २१ । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ बर्सिया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन्।
Read More
जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

जसपाका कुन कुन सांसदले छोडे उपेन्द्रको साथ ?

काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ ।   आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।
Read More
गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, काँग्रेसको विरोध

गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, काँग्रेसको विरोध

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत विभाजनमा मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो । मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्ण प्रसाद धितालले संविधान अनुसार निर्णायक अवस्थामा आफूले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुखले घोषणा गर्नासाथ काँग्रेसका सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए ।   …
Read More
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । 'सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'निकै ठुलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ ।' गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० शय्या निःशुल्क उपलब्ध गराइएको उल्लेख…
Read More