health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २१ । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए।
दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ बर्सिया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन्।