23
Sep
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासङ्घलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो । वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका -९ सिनामंगल , नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समिति काठमाडौँ महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौँ महानगरपालिका,…